साझा नेटवर्क
टेक राज थापा, काठमाडौ भदौ २६।
स्टेजमा गीत गाउँदै आएकी कुसुम दाहालको पहिलो सुगम संगीत सार्वजनिक भएको छ । डेनमार्क बस्दै आएकी कुसुम दाहालले प्रकाश नेपालीद्वारा संगीतवद्ध ‘रहर जति भए पनि …’ बोलको गीतमा स्वर भरेकी छन् ।
जसको शब्द रचना पूर्ण बहादुर बस्नेतले गरेका हुन् भने गीतको मास्टरिङ एवं मिक्सिङ प्रकाश केसीले गरेका छन् । म्युजिक भिडियो लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् जसमा पुष्प खड्का र वर्षा राउत फिचरिङ छन् ।
कुसुमले यस अघि राजेश पायल राई लगायत नेपालबाट डेनमार्कमा सांगीतिक कार्यक्रमका लागि जाने विभिन्न अतिथि गायकहरुसँग स्टेज शेयर गर्दै गीतगाउने गरेकी छिन् । प्रवासमा विविध कार्यक्रम हुँदा पनि कुसुमको संलग्नतारहने गरेको छ।

पहिलो गीत सार्वजनिक हुँदै गर्दा उनलाई चलचित्रको गीतका लागि अफर आएको छ । फुर्सदले भ्याएसम्म गीत गाएर सामाजिक संजालमा पोस्टिन रुचाउने कुसुमले आगामी दिनहरुमा अन्य गीतहरु पनि बिस्तारै बजारमा ल्याउने बताएकी छिन् ।
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend