logo
  • शनिबार, भाद्र २० २०८३

लुम्बिनी प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा पुनः पाण्डे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
“हामी प्रदेशीको चाहना समृद्ध प्रदेश हाम्रो कामना” लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।अप्रिल ०१ २०२२ को दिन अलदोसरी जु पार्कमा सहानियामा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको दोस्रो सम्पन्न गरेको हो।

बुद्ध पान्डेको सभापतित्वमा परिषद्का प्रमुख सल्लाहकार कमलमणी गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम कतारमा स्थापित विभिन्न वैचारिक, तथा सामाजिक संघ संस्थाका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

महिला समाजको अध्यक्ष सरिता पौडेल भण्डारी जनसम्पर्क समिति कतारका सभापित मोहम्मद अजिज अलि जन प्रगतिशिल मंचका अध्यक्ष बुद्धि भण्डारी,  एनआरएनए एनसीसी कतारका सचिव दिप जङ्ग शाह, प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोखे्रल गण्डकी प्रदेशका सागर पौडेल, इन्जियर अर्जुन प्रसाद भट्टराई केवि हमाल ( कृष्ण बहादुर हमाल) पत्रकार महासंघ शाखा कतारका सचिव अर्जुन पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

२०२२/२०२४ कार्यकालका लागी पुनः अध्यक्ष पदमा निर्विरोध बुद्ध पाण्डे निर्वाचित भएका छन। पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा बरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराई, उपाध्यक्ष अख्तर हुसेन, महिला उपाध्यक्ष मनीषा खड्का, महासचिव टेकराज थापा, सचिवमा सजन लौडारी र विकास गैरे, कोषाध्यक्ष देवराज पुन, सह कोषाध्यक्ष केशर बहादुर खत्री रहेका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा झविन्द्र आचार्य, लक्ष्मण पौडेल, विवश बेल्वासे, छविलाल परियार, नेत्र आचार्य, कृष्ण पन्थी, विश्वनाथ भट्टराई, बलराम जैसी र समुन्द्र खड्का निर्वाचित भएका छन् । उक्त अधिबेशनले अनुशासन संयोजक बलदेव रानाको संयोजकत्वमा दुई सदस्यहरु कृष्ण शाह, बशन्तराज पुरीलाई चयन गरेको छ।

स्वागत नृत्य बालकलाकार शिभान्सी कुवंर प्रस्तुत गरेकी थिइन भने नेपाली हामी रौउला नेपाल नरहे भन्ने गितमा सन्ध्या अर्याल, जिया हमाल, क्रिजल पन्थी,डाँफे झै हिमाल हास्ने नेपालकी शान्ति वली लगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सांगितिमय बनेको थियो। त्यसैगरी विकास सुनुवार, आयुस कुमाकी, दीपेन्द्र सुनुवार, मानसिंह परियार, सुरेश बिसी, विजय राज भट्टराई लगायतले आफ्नो गायन मार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सामाजिक कार्यहरूमा स्थापित संघसंस्थाहरु संग सहकार्य समन्वय गरी सामाजिक कार्यहरूमा बिभिन्न समयमा अर्थिक सहयोग गरेको संचालनको क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलमा १५ पिस ट्रली प्रदान गर्ने प्रक्रिया अगाडी बढेको समेत प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

संस्थाको कार्यकालमा आमदानी २७ हजार ५ सय १९ रियाल थियो भने विभिन्न समयमा ७ हजार ८ सय ३० रियाल खर्च १९ हजार ६ सय ८९ रियाल बचत गरेको विवरण सह कोषाध्यक्ष देवराज पुनले पेस गरेका थिए । अधिवेशनमा लुम्बिनी प्रदेश अन्तरर्गत रहेका सबै जिल्ला संस्था, २०१८ देखि २०२२ कार्यकालका परिषद सदस्यहरुलाई प्रमाण पत्र पदाधिकारी तथा विभिन्न समयमा सहयोग गर्ने संघ संस्था ब्याक्तित्वहरु पत्रकार कलाकारहरू लाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियारले स्वागत मन्तव्य कार्यक्रमको सहजीकरण महासचिव डिल्लीराम भट्टराईले गरेका थिए । निर्वाचन संयोजक कमलमणी गुुराँगाइको सयोजकत्वमा दुई सदस्य केवि हमाल इन्जिनियर अर्जुन प्रसाद भट्टराई रहनु भएको थियो । निर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ग्रहण गराएका थिए ।
















प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend