साझा नेटवर्क
राम प्रसाद भण्डारी, बुटवल भाद्र २६ ।
राष्ट्रिय जनस्वास्थ्य समाज रुपन्देहिले स्वास्थ्य क्षेत्र सम्बन्धि बिभिन्न पाँच बुदेँ माग गर्दै स्वास्थ्य मन्त्रि गगन थापालाई रुपन्देहिका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल मार्फत क्षापन पत्र बुझाएको छ । समाजका अध्यक्ष माधब केसिका अनुसार सुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहिमा समाजका संस्थापक सदस्य हिमाल पौडेल सहितको पदधिकारी टोलि पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत पत्र बुझाएको हो ।
समाजका सचिब राम जि रायमाझिका अनुसार समाजले पाँच बुदे माग स्वास्थ्य सम्बन्धि राखेको छ जसमा (डा. गोबिन्द केसिले उठाएका माग सम्बोधन गर्नुपर्ने (स्वास्थ्य सेवा सरल र सौलियत बनाउनुपर्ने (छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकहरुले कम्तिमा पाँच बर्ष ग्रामिण क्षेत्रमा सेवा गर्नुपर्ने (बिशिष्ट कक्षलाइ हटाइ जन कक्ष स्थापना गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
समाजका कोषाक्ष्यक्ष प्रितम केसिका अनुसार नेपालि चिकित्सकको सल्लाह बिना कुनै पनि बिशिष्ट ब्यत्ति स्वास्थ्य उपचारको लागि बिदेश जान नपाउने गरी नियम ल्याउने समेत माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्र.जि.अ. ढकालले समाजले राखेका पाँच बुदेँ मागहरु यथासिघ्र स्वास्थ्य मन्त्रालय पुर्याउने प्रतिबद्दता जनाएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend