logo
  • शनिबार, भाद्र २० २०८३

पञ्जावमा म्युजिकल ईभेन्ट हुँदै देवि घर्ती खेम सेन्चुरी लगायतका कलाकार आउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पशुपति श्रेष्ठ,लुधियाना।
नेपाली कला संस्कृतिलाई जोगाई राख्न नेपाल भन्दा बाहिर रहेपनी स्वदेशमै भएको अनुभुती गराउन भारतको पञ्जाव राज्यमा म्युजिकल ईभेन्ट २०२२ हुने भएको छ।
नेपाल भारत यात्रामा सहज र सुविधा युक्त सेवा सुविधा दिदै आएको सुपादेउराली टुर एण्ड ट्राभल्सले समय समयमा विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको पञ्जाव शाखाका प्रमुख ओम प्रकाश परियारले बताउनु भयो । आफ्नो देश छाडी प्रवासमा रहेता पनि गित संगितलाई माया गर्नुपर्छ कलागलालाई प्रष्प्रोटन गराएर मनोरञ्जन दिने भन्ने कुरालाई मान्यता दिदै कार्यक्रमको आयोजना गरिएको परियारले जनाउनु भएको छ।

लुधियाना स्थित भाईवाला चोकमा रहेको गुरुनानक भवनमा २० मार्च आईतवार र जलन्धरमा बिएमसी चौक अवस्थित विक्टोरिया यादगर हलमा २२ मार्च मङ्गलवार बिहान १० बजे देखि सुरुहुने छ। उक्त कार्यक्रममा नेपालका प्रख्यात कलाकार देवि घर्ती खेम सेन्चुरी कुशल बेल्बासे सुनितामी परियार रिना के.सी कुसुम परियार सविता भुसाल।

गायक तथा उद्घोषक नारायण बिपि डान्सर करिश्मा ढकाल लगायत यहाँ रहेका कलाकारले हजारौ नेपालीलाई मनोरञ्जन दिने गरि तयारी पूरा गरिएको ट्राभल्स पञ्जावका महासचिव नवीन कुवरले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend