साझा नेटवर्क
काठमाडौँ, भदौ २५ ।
भारतको बैंग्लोरमा उपचार कर्ममा रहेका पूर्व उपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च बेहोर्ने सम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव गर्दै डा. गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्री गगन कुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्व उपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेको बताए ।

मन्त्रिपरिषद् बैठकमा आउना साथ स्वास्थ्यमन्त्री थापाले कडा रूपमा विरोध गरेको थिय । स्वास्थ्य मन्त्रीले अस्वीकार गरेका थिए । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमाको विशिष्ट हो/होइन, चिन्ने कसरी ? यो देशको नेतृत्वले आम नेपालीलाई नै किन विशिष्टको दर्जा दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा पाउने कसरी भन्ने बारे उल्लेख गर्ने बताए ।’
मन्त्रिपरिषद् बैठकमा थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, प्रधानमन्त्रीजी, तपाईं पुष्प कमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा,एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख नेताहरूको स्वास्थ्य उपचार आगामी दिनमा स्वदेशमै हुनुपर्छ । तपाईंहरू आफ्नो उपचार विदेशमा गराउनुहुन्छ भने जुन देशमा गराउने हो, सोही देशले खर्च बेहोर्ने गरी हुनु पर्ने बताए ।’
वर्तमान सरकार सत्तामा आएपछि पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई विशिष्ट नागरिक भन्दै स्वास्थ्य उपचार, घरभाडा लगायत बापत करोडौं रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। प्रारम्भिक चरणको प्रोस्टेट क्यान्सरको उपचार अमेरिकामा गराउन सरकारले डा. यादवका लागि करोडभन्दा बढी बेहोर्ने निर्णय गरिसकेको बताए ।
बैठकमा प्रधानमन्त्री दाहालले डा. गिरीको स्वास्थ्य उपचारका लागि आर्थिक सहायतासम्बन्धी प्रस्ताव पारित गराउन निकै कसरत गरे पनि अन्ततः उक्त प्रस्ताव स्वीकृत हुन सकेन । स्वास्थ्य मन्त्री थापाले जसले पहुँच देखाउँदै स्वास्थ्य लगायतका आर्थिक सहायता माग्यो, उसैलाई दिने नीति सच्याउँदै छिट्टै विशेष कार्यविधि निर्माण गरी सोही आधारमा प्रक्रिया अगाडि बढाइने धारणा राखे ।
डा. गिरीको उपचार खर्च रोकेको बारे स्वास्थ्य मन्त्री थापाले भने, ‘जसले पत्र पठायो, स्वतः स्वीकृत गर्दै रकम दिने कार्य कसैका लागि स्वीकार्य हुन सक्दैन र हुन पनि हुँदैन । ‘उनले प्रमुख दलका शीर्ष नेताहरूले विदेशमा गर्ने उपचारबापत लाग्ने खर्चले वीर अस्पताल, शिक्षण अस्पताल लगायतका सरकारी अस्पतालको भौतिक, प्राविधिक लगायतका सेवा अत्याधुनिक गर्दै आम नेपालीकै सर्वसुलुभ उपचार हुन सक्ने बताए ।
त्यही भएर प्रमुख दलका सबै प्रमुखको उपचार नेपालकै अस्पतालमा गराउनुपर्छ’, उनले भने । उनले हालैमात्र उपचार खर्च बेहोर्न नसकेको भन्दै एक व्यक्तिले अस्पतालको माथिल्लो तलाबाट हामफाल्दै मृत्युवरण गरेको घटनालाई कसरी लिने र उनलाई विशिष्ट भन्दै स्वास्थ्य खर्च दिनुपर्ने हो कि होइन भन्दै पुनः प्रश्न गरेका थिए ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार (राम) कार्कीले स्वास्थ्यमन्त्रीले मन्त्रिपरिष्दबाट अनुमोदन गराउँदै विभिन्न शीर्षकमा रकम बाँड्ने प्रक्रिया तत्काल बन्द गरी सरकारी अस्पताललाई आधुनिकी करण गर्नुपर्ने भन्दै राखेको प्रस्ताव सकारात्मक रहेको बताए ।
उनले प्रधानमन्त्री दाहाललाई स्वास्थ्य मन्त्रीको सकारात्मक प्रस्तावलाई सोहीअनुसार अघि बढाउन आग्रह गरेपछि डा. गिरीको लिखित माग अनुसारको उपचार खर्च मन्त्रिपरिषद्बाट स्वीकृत नभएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend