साझा नेटवर्क
गुल्मी, २६ फागुन । इस्माको तेक्वान्दो डोजाङ पाँचौ मेयर कप प्रतियोगीताको प्रतिस्प्रर्धाको लागि चितवन हिडेको छ । फागुन २६ देखि २८ सम्म चितवनको माडीमा मेयर कप पाँचौ राष्ट्रिय तेक्वान्दो प्रतियोगीताको आयोजना गरिएको छ । प्रतियोगीताका आयोजना चितवन माडी तेक्वान्दो डोजाङले गरेको छ ।
प्रतियोगीतामा ५४ केजी समुहको लागि शिव घर्ति, ६३ केजीको लागि हिमाल नेपाली, ४५ केजी तर्फ मनिषा विक सहभागी हुने प्रशिक्षक दिपक घर्तिले जानकारी दिए । त्यस्तै ४२ केजी तर्फ बिशाल थापा, ३० केजी तर्फ सन्दिप कुमाल, ५५ केजी तर्फ शसी नेपाली, ४६ केजी तर्फ सपना सुनार, ४२ केसी तर्फ शर्मिला परियार र ३० केजी तर्फ दिपिका थापा सहभागी हुने प्रशिक्षक घर्तिले बताए । रेफ्रीको रुपमा घर्ति पनि सहभागी हुँदैछन् । प्रतियोगीतामा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई इस्मा गाउँपालिका र जिल्ला खेलकुद विकास समितिले विदाई गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend