साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली।
गुल्मीबाट भारतमा आई बिभिन्न पेशा मा संङ्लग्न काँग्रेस कार्यकर्ता हरुलाई ऐक्यबद्ध गर्ने उद्देश्यले नयाँ दिल्ली मा एक कार्यक्रमका बिच गुल्मेली समाज भारत को घोषणा गरिएको छ।
६ मार्च २०२२ का दिन समाजसेवी टिका बहादुर कार्कीको अध्यक्षतामा र सुनीता जि सी कुंवरको पहलमा नयाँ दिल्ली स्थित सरोजिनी नगर साउथ इंडियन समाज राममण्डपको प्राङ्गणमा १६ जना कार्य समिति सहितको टिम गठन गरिएको छ। कार्यक्रममा बोल्दै नव अध्यक्ष कार्कीले भारतमा छरिएर रहेका गुल्मेली काङ्ग्रेसजनलाई सु-सुचित तथा ऐक्यबद्ध गर्ने औल्याउनु भयो।
‘भारत मा टिम गठन भएको मा हामी उत्साहित छौं, छिट्टै आधिकारिकता प्रदान गर्छौँ ‘टेलिफोन बार्तामा गुल्मी काँग्रेस का सचिव जगदिश भट्टराईले भन्नुभयो। घोषणा कार्यक्रमको अध्यक्षता टिका बहादुर कार्की ले र संन्चालन मुकुन्द पौड्याल ले गर्नुभएको थियो। नवनियुक्त टिम यस्तो छ। अध्यक्ष-टिका बहादुर कार्कीको अध्यक्षतामा १६ सदस्य कार्यसमिति चयन गरेको छ।
जसमा उपाध्यक्ष-सुनिता जिसी कुवंर ईस्मा गाउँपालिका, सचिव-मुकुन्द पौड्याल कालीगण्डकी गाउँपालिका, सह-सचिव-नरहरी घिमिरे मुसीकोट नगरपलिका, कोषाध्यक्ष-सिता भण्डारी ईस्मा गाउँपालिका, सह-कोषाध्यक्ष-जीवन पौड्याल कालीगण्डकी गाउँपालिका, संगठन सचिव-गंगा बहादुर राना क्षत्रकोट गाउँपालिका , व्यवस्थापन सचिव-गुंजवान विश्वकर्मा ईस्मा गाउँपालिका, सल्लाहकार-दुर्गा भण्डारी ईस्मा गाउँपालिका रहेका छन्।
सदस्यहरू बाबुराम खनाल ईस्मा गाउँपालिका, कमल पौड्याल कालीगण्डकी गाउँपालिका,बाबुराम अधिकारी ईस्मा गाउँपालिका, रामचन्द्र अधिकारी ईस्मा गाउँपालिका, सरस्वती भण्डारी ईस्मा गाउँपालिका,लक्ष्मी घिमिरे मुसीकोट नगरपलिका लक्ष्मी भण्डारी ईस्मा गाउँपालिका रहेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend