साझा नेटवर्क
साझा नेटवर्क, कतार।
सामाजिक तथा आर्थिक बिकास अभियानमा सहकार्य आत्मा निर्भरता र समृद्ध जीवन सबैका लागि अपरिहार्य भन्ने मुल नाराका साथ २००९ मा स्थापित रहेको समाज सेवा अभियान रुपन्देही कतारको सातौं अधिबेशन दोहा स्थित आभा मन्जु रेष्टुरेन्टमा सम्पन्न गरेको छ ।
संस्थाका संरक्षक इन्जिनियर अर्जुन प्रसाद भट्टराईको प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष बिष्णु बहादुर खड्काको सभापतित्व एन आरएन एनसीसी कतारका सचीव दिप जङ्ग शाह, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डे सामाजिक एवं ब्याक्तित्व केबि हमाल लुम्बिनी प्रदेश अन्तर्गत रहेका जिल्ला संस्थाहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार भिम तरामु मगर दाङ्ग देउखुरी सेवा समाज कतार अध्यक्ष छबिलाल बुढाथोकी गुल्मी सेवा समाजका बाबुराम महत छेत्री नवलपरासी परासी सेवा अध्यक्ष कृष्ण पन्थी बुद्धभुमी कपिलवस्तु सेवा समाज उपाध्यक्ष बिबास बेल्बासे अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष टेकराज थापा, कृष्ण बहादुर हमाल ( केबि हमाल )ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार डिल्ली राम भट्टराई , लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डेले रुपन्देही जिल्लामा विभिन्न छिमेकी जिल्लाहरुबाट बसाइँ सराई गरि आउने पछिल्लो समय क्रम बढेको बताउदै प्रवासमा पनि आपसी भाइचारा सम्बन्ध प्रगाढ गराउने उदेश्यले सबैलाई गोलबन्द गराउनु पर्ने बताउनुभएको थियो ।
एनआरएन एनसीसी कतारका सचीव दिप जङ्ग शाह, पछिल्लो समय बढदो सामाजिक संजाल टिकटक अभिकर्ता नेपाली दाजुभाइ दिदिबहिनीहरुले विभिन्न स्थानमा गएर टिकट्क बनाउने गरेको जहाँ हामी रहन्छौ त्यहाको नियम र आफ्नो कानुनलाई पालन गर्नु पर्ने जानकारी गराउदै सचेत रहन सबैमा अनुरोध गर्नुभयो ।
साथै विभिन्न समयमा कतार सरकारबाट जारी हुने विभिन्न सुचनालाई पालन गर्नु पर्ने हाम्रो कर्तव्य रहेको बताउनु भयो । गृह मन्त्रालयको जनसम्पर्क विभाग खोज तथा अनुगमन विभागले आप्रवासीहरुलाई प्रवेश,इलिगल रुपमा कार्यरत गर्दै आउनुभएका आप्रवासीलाई लिगल बनाउने प्रावधानहरु सहज बनाएको हुँदा अवधि ३१ मार्च २०२२ मा सकिने स्मरण गराउदै आफुहरु आवद्ध रहेको संघ संस्थामा जानकारी गराउने हाम्रो दाहित्व रहेको बताउनु भयो । सस्थाले बिश्वव्यापी रुपमा फौलिएको कोरोना महामारीको जोखिम परिस्थितिमा पनि विभिन्न सहयोगार्थ अभियानमा हातेमालो संगै नेपालमा सेलेन्डर पठाउने अभियानमा सहयोग गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो।
अधिबेशनले बिष्णु बहादुर खड्काको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ जस्को उपाध्यक्ष डिल्ली राम अर्याल ,महिला उपाध्यक्ष सुचित्रा शर्मा महासचिब शंकर प्रसाद न्यौपाने सचीव छबिलाल सुचिकार कोषअधक्ष्य लक्ष्मण पौडेल सह- कोषाध्यक्ष हेमा कुमारी न्यौपाने सदस्यहरुमा खिमानन्द पन्थी मुक्तिराम पोख्रेल चन्द्र बहादुर फुल्लेल राजु परियार बिनोद भट्टराई मनोज सिंजाली रहेका छन।
निर्वाचन सदस्य डिल्ली राम भट्टराई लिलम चिदी मगर कुशुम पराजुली रहनुभएको थियो । निर्वाचन संयोजक इन्जिनियर अर्जुन प्रसाद भट्टराईले निर्वाचित पदाधिकारीलाई गोपनियाताको सपथ ग्रहण गराउनु भएको थियो । मुक्तिराम पोख्रेलको स्वागत मन्तव्य शंकर प्रसाद न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend