logo
  • शनिबार, साउन ३० २०८३

ब्रेन ट्युमर पीडित सलिमलाई मोसुको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

खगेन्द्र कार्की,सुनसरी भदौ २५
मोरङसुनसरी सेवा समाज नेपालले मोरङको बेलबारी नगरपालिका–४ का ब्रेन ट्युमर पीडित १२ वर्षीय सलिमधिमालको उपचारार्थका लागि प्रवास शाखाकतार र कुवेतको सहयोगार्थमा संकलित रकम १,२२,५५२।– रुपैयाँ एक कार्यक्रम बीच हस्तान्तरण गरेको छ।

14248904_1800793846844651_502483801_n-1

मोरङसुनसरी सेवा समाजकुवेतबाट संकलित रकम रु. ८५,९४२ र मोरङ सुनसरी सेवा समाजकतारबाट संकलित रकम रु.३६,६१०।– जम्मा १ लाख २२ हजार ५ सय ५२ रुपैयाँ १५ भदौ २०७३ का दिन एक कार्यकर्मको बीच शिक्षा सन्देश ई. स्कुलका पदाधिकारी,शिक्षक,विद्यार्थी,स्थानीय बासी र बिरामीको आफन्त जनको रोहवरमा लाल भित्ती युवा समूहका पदाधिकारीलाई मोरङसुनसरी सेवा समाज नेपालका अध्यक्ष बद्री प्रसाद बिमल,सल्लाहकार संयोजक गोकुलबहादुर थापा,वरिष्ठ पत्रकार याम प्रधानले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

14281521_1800793873511315_2002036322_nमोरङसुनसरी सेवा समाजकुवेतले मोरङ जिल्ला बेलबारी नगरपालिकाको सिफारिश र लालभित्तीयुबाक्लबको विशेष अनुरोधमा मोरङ्सुनसरी सेवा समाज कुवेतका संस्थापक सल्लाहकार अमृत गुरुङको बिशेष अग्रसरता र मोरङसुनसरी सेवा समाज कुवेतको पहलमा बेलबारी नगरपालिका वार्ड नम्बर ४ का स्थायी निवासी अर्जुन धिमालका छोरा बर्ष १२ का सालीमधिमालको ब्रेन ट्युमरको उपचाररार्थ कुवेतमा क्रियाशिल संघ सस्था मोरङ्सुनसरी सेवा समाज कुवेतका पदाधिकारी, सल्लाहकार तथा सदस्य एबम् परोपकारी भावनाका समाज सेवी ब्याक्तित्वहरु सँग गरिएको सहयोग अपिल बाट प्राप्त हुन आएको रकम – १६१ केडी, बैदेशिक रोजगार सरोकार समाज कुवेत – ५१ केडी, प्रबाशी नेपाली मन्च कुवेत – २१ केडी,राप्ती कर्णाली भेरी एकता समाज कुवेत – ११ केडी गरी जम्मा २४४ केडीको नेपाली रुपैयाँ ८५,९४२। प्राप्तभई सो रकम २२ भदौ २०७३ मा हस्तान्तरण गरिएको हो ।

मोरङसुनसरी सेवा समाज नेपालका अध्यक्ष बद्री प्रसाद बिमलीको अध्यक्षतामा आयोजित सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा मोसु नेपालका अध्यक्ष बद्री प्रसाद बिमलीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मोसु नेपालका सल्लाहकार संयोजक गोकुल बहादुर थापा, विद्यालयका सञ्चालक समिति अध्यक्ष लक्ष्मण थापा, प्रिन्सिपल राजेश खत्री, लाल भित्ति युवा समूहका अध्यक्ष प्रेम राई, वरिष्ठ पत्रकार याम प्रधान, पत्रकार दिपक कार्की, भक्तशेर राई, अर्जुन राई, नेपाल भूमिहिन सुकुम्बासी संगठन मोरङका अध्यक्ष ओम उप्रेती, क्षेत्रिय इन्चार्ज गजेन्द्र राई लगायत समाजका बुद्धिजीवि, संघ संस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मोसु नेपालका सल्लाहकार संयोजकगोकुलबहादुर थापाले संस्थाको विगत, वर्तमान र भविष्यसँग सम्बन्धित विषयहरुमा कुरा राख्दै सामाजिक अभियानमा मोसुसँग सम्बद्ध रहन सबैलाई आग्रह गरेकाथिए । सो कार्यक्रममा बोल्ने वक्ताहरुले मोसु कुवेत र मोसु परिवारको प्रशंसा गर्दै बिरामीभाई सलिम धिमालको स्वास्थ्य लाभको कामना गरेका थिए ।

यस महानकार्यमा सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने मोसु कुवेत परिवारप्रति, सहयोग संकलनमा विशेष भूमिका खेल्नु हुने मोसु कुवेत संस्थापक सल्लाहकार श्री अमृत गुरुङज्यू, संस्थागत सहयोग गर्नुहुने मोसु कुवेतका संघ संस्था तथा पदाधिकारी, मोसु कुवेतका कार्यरत मनका धनि सामाजिक अभियन्ता प्रबुद्ध व्यक्तित्वहरु लगायत सो रकमलाई व्यवस्थित ढंगबाट हस्तान्तरणमा सहयोगी भुमिका निर्वाह गर्नु मोरङसुनसरी मुख्यालय परिवार, हल तथा व्यवस्थापनमा सहयोग पुर्याउने लाल भित्ति स्थित शिक्षा सन्देश ईङ्लीस स्कुल परिवार, विद्यार्थी वर्ग, लाल भित्ति युवा समूह परिवार, विभिन्न संघ संस्थाका पदाधिकारी, सामाजिक अगुवा, स्थानी यबासी लगायत यस अभियानमा साथ, सहयोग पु¥याउनु हुने तमाम अभियन्ता प्रतिधन्यवाद दिँदै सभापति त्वगरि रहनु भएका मोसु नेपालका अध्यक्ष बद्री प्रसाद बिमलीले कार्यक्रमको  समापन  गरेका थिए ।

मोरङसुनसरीको रकम हस्तान्तरण कार्यक्रम समापनहुने वित्तिकै विद्यालय परिवार र विभिन्न परोपरकारी भावनाका धनि प्रबुद्ध व्यक्तित्वहरु, संस्थाबाट संकलित रकम समेत हस्तान्तरण गरिएको थियो जसमा नव युवा क्लब लखनपुर १ झापाबाट ४१ हजार ६ सय ३५, शिक्षा सन्देसका विद्यार्थीबाट ८ हजार ८ सय १६, शिक्षा सन्देश ईंलिश स्कूलको अगुवाईमा सोही विद्यालयका जापानमा कार्यरत शेयर सदस्यहरु सुभास कोइरालाको नेतृत्वमा ६२ जनाबाट संकलन गरी विद्यालयमा पठाइएको रकम २ लाख ६ हजार २ सय ६४ रुपैयाँ , बेलबारीकाजयन्ती राईले २ हजार २५, अमेरिकामा रहेका ममता चौधरी राई र खड्गबहादुर राईबाट १० हजार, धनकुमार राईबाट ५सय, भुमिहिन सुकुम्बासी संगठन बेलबारीले ६ हजार ५ रुपैया र फाईट साप्ताहिका व्यवस्थापक अर्जुन राईको संयोजनमा १२ हजार २५ रुपैया रकम हस्तान्तरण भएको छ ।

सो दिन सलिम धिमाल बचाउन अभियानका अभियन्तालाई सहयोग रकम एकै दिन ४ लाखभन्दा बढी रकम हस्तान्तरण भएको छ। १५ भदौ कादिन मोरङ सुनसरी सेवा समाज कतारबाट संस्थाका कोषाध्यक्ष तेजबहादुर कटुवालको अगुवाईमा संकलित रकम ३६ हजार ६ सय १० रुपैयाँ लाल भित्ति युवा समूहलाई मोरङ सुनसरी सेवा समाज नेपालले हस्तान्तरण गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend