logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीका मृगौला पीडितहरुलाई गुल्मेली समाज जापानको सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टोपलाल अर्याल,गुल्मी फागुन १७ ।

गुल्मीको विभिन्न स्थानका मृगौला पीडितहरुलाई गुल्मेली समाज जापानले सहयोग गरेको छ । मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ र विष्णु थापा, इस्मा गाउँपालिका कुलबहादुर कुमाल र मधु खत्री तथा चन्द्रकोट गाउँपालिका रेशम पौड्याललाई जनही ५० हजारका दरले दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो । सञ्चारग्राममा आयोजित कार्यक्रममा गुल्मी मदाने गाउँपालिका घर भई हाल प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, गुल्मेली सहयोगी हातहरू नामक संस्थाका उपाध्यक्ष बिमल घिमिरे, सचिव रमेश काउछा, सदस्य सुशील भट्राई, निर्वतमान उपाध्यक्ष लक्ष्मण अर्यालसहितको उपस्थितिमा पीडित व्यक्तिका परिवारका सदस्यहरुलाई सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताए ।

जिल्लाबाट जापान गई विभिन्न पेसा÷व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापान हो । समाजले लामो समयदेखि जिल्लाको बिपद्, स्वास्थ्य, शिक्षा, गम्भीर प्रकारका रोग लागेका बिरामीहरुलाई सहयोग गर्दै आएको समाजको महिला उपाध्यक्ष एवं सहयोग समितिका संयोजक लक्ष्मी के.सी.महर्जनले बताइन ।आर्थिक, मानसिकसंग शारिरीक पीडाकाबिच प्राप्त सहयोगले बिरामीहरूलाई ठूलो राहात मिलेको बिरामीका आफन्तका तर्फबाट रुद्रलाल पौडेलले समाजलाई धन्यबाद दिए । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित सहयोग गर्ने समाजलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend