logo
  • शनिबार, साउन ३० २०८३

नेपाल दलित संघ गुल्मीको अन्तरक्रिया सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मनु सुनार गुल्मी जेष्ठ १०।
नेपाली कंग्रेसको भातृसंगठन नेपाल दलित संघ जिल्ला कार्य समिति गुल्मीको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

समतामुलक समाज निमार्णको हाम्रो अभियान, नेपाली कंग्रेसको राष्ट्रिय पहिचान भन्ने मुल नाराका साथ उक्त कार्यक्रम विपि स्मृति भवन तम्घासमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सदस्य अनन्तराम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने,नेपाली काग्रेस गुल्मी क्षेत्र नं ३ का सभापति भगतसिँङ खड्का, नेवि सङघका जिल्ला सभापति सुर्दशन खनाल लगायतको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा अझै पनि समतामुलक समाज निर्माण हुन नसकेको भन्दै यसमा सबै लागाीनु पर्नेमा जोड दिइएको थियो ।

साथै सोही अबशरमा आगामी वर्ष मनाइने समान्ता दिवश नेपाली कंग्रेसलाई नै आयोजना गर्नेका लागि दबाब दिइने निर्णय गरिएको दलित संघका सचिव शम्शेर विश्वकर्माले जानकारी दिनुभएको छ ।

नेपाल दलित सघंका जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष झविन्द्र विश्वर्कमाको सभापतित्व ,उपाध्यक्ष इश्वरी परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन हरिकृष्ण विश्वर्कमाले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend