साझा नेटवर्क
लालबहादुर ढेंगा, दुबई ।
नेपाल राहदानी बिभागले हाल बिद्युतीय राहदानी (e-Passport) जारी गर्ने कार्य सुरु गरेसंगै नेपाली राजदूतावास अबुधावीले पनि युएईस्थित कार्यरत सम्पूर्ण प्रवासी नेपालीहरुलाई एउटा सूचना मार्फत राहदानी नविकरणको सम्बन्धमा जानकारी दिएको छ ।
रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्य युएई एउटा गन्तव्यको थलो बन्दै गएको पाईन्छ । खासगरी दुबईमा रोजगारीसंगै व्यबसाय गर्नेहरुको संख्यामा पनि ह्वाट्टै बृद्धि भएको देख्न सकिन्छ । कुनै सरकारी पक्का तथ्याङ्क नभए पनि लगभग ४ लाखको हाराहारीमा नेपाली कामदारहरु रहेको अनुमान गर्न सकिन्छ ।
अझै दिनाहुं भित्रिने क्रम भने बड्दो छ । युएईस्थित राजदूतावासले वर्तमानमा चलनचल्ती भएको यन्त्रवाचक राहदानी (MRP) को सट्टामा आगामी आउने दिनहरुमा बिद्युतीय राहदानी जारी गर्ने तयारी गरेपछि सो सूचना जारी गरेको हो ।
उक्त सूचना अनुसार यदि कसैलाई अति नै आवश्यक परेको खण्डमा मात्र यन्त्रवाचक राहदानीको लागि आवेदन गर्न सकिने व्यहोरा खुलाएको छ । खासै आवश्यक नपरेकोे भए बिद्युतीय राहदानीको लागि केही समय पर्खन समेत आग्रह गरेको छ ।
साथै युएईको सरकारी बिदाको बारेमा नयां कार्य सूचि जारी गरे लगत्तै दूतावासको कार्यालय १ जनवरी २०२२ बाट शनिबार र आईतबार बिदा रहने छ भने सोमबारदेखि शुक्रबारसम्म कार्यालयको समय बिहान ९ बजेबाट सांझको ५ बजेसम्म खुला रहने जानकारीमा आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend