साझा नेटवर्क
साझा नेटवर्क, कतार पुष १४।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले आगामी फेब्रुअरी ४ तारिख शुक्रवारका दिन गुल्मेली मिलन तथा नवौं वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट, प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको आयोजकले साझा नेटवर्कलाई जानकारी दिएको छ ।
रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजसँग आवद्ध हुन समाजका अध्यक्ष कुमार अविरल पन्थीले आग्रह गरेका छन् । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत उनले अनुरोध गरे ।
गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि निरन्तरता दिएको उक्त कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतिहरु रहने बताइएको छ ।
कतारमा रहेका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन भने श-शुल्क आयोजना गरिएको सोहि कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको व्यवस्था समेत गरीने आयोजक पक्षले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend