साझा नेटवर्क
किरण अधिकारी, गुल्मी पुष ४ ।
नेपाल कल्याणकारी संघ कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । रोजगारीको शिलसिलामा दोहा कतारमा पुगेका नेपालीहरु एउटा संङ्गठन श्रमिक कल्याणकारी संघ कतारले (डिसेम्बर) १८ शनिबार एक कार्यक्रम गरी दोहा कतारको नज्मा स्थित सालिमार होटलको सभाहलमा अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशनबाट देव लम्सालको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो, अध्यक्ष, देव लम्साल, उपाध्यक्ष, प्रेम मण्डल, प्रथम उपाध्यक्ष, नारायण खपाङ्गी, द्वितीय उपाध्यक्ष दर्शन सुनार, महासचिव मिलन विश्वकर्मा, सचिव सुरज शाही, कोषाध्यक्ष गंगा प्रसाद श्रेष्ठ, सह कोषाध्यक्ष बाबुराम महत रहेका छन् ।
त्यस्तै सदस्यहरूमा शान्ता केसी, शिला भुसाल, कल्पना घर्ती, रबिना मगर, विमल सुबेदी, सन्दिप सहानिया जनक विश्वकर्मा रहेकाे श्रमिक कल्याणकारी संघ कतारका सह- कोषाध्यक्ष बाबुराम महतले जानकारी दिएका छन। उनका अनुसार श्रमिक कल्याणकारी संघले बिगत देखि नै सामाजिक क्षेत्रमा अनबरत रूपमा काम गर्दै आएको, साथै रोजगारीको सिलसिलामा कतारमा आए र अप्ठ्यारोमा परेका नेपाली दाजुभाई दिदी बहिनी हरूको सहयोगार्थ काम गर्दै आएको बताए।
यसलाई नव निर्वाचित पदाधिकारीले अझै सुदृढ सामाजिक कल्याणकारी रूपमा अगाडि बढाउने उनले बताए । कार्यक्रममा कल्याणकारी संघका पुर्व अध्यक्ष तिल विक्रम मगरको सभापतित्वमा साथै एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यता रहेको थियो ।
कतारमा रहेका विभिन्न जिल्ला सङ्गसंस्था तथा सामाजिक संस्था प्रमुखहरू तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्तदाले श्रमिक कल्याणकारी संघ र एनआरएनए कतारको श्रमिक बिभागको उद्देश्य समानान्तर रहेको हुदा‘ आफूहरू संघसँग सहकार्य गर्दै कार्यसम्पादन गर्न तयार रहेको बताए ।
उनले कतार सरकारले अवैधानिक रूपमा रहेका आप्रवासी कामदारको हकमा लागु गरेको वैधानिक हुने नियमको पालना गर्दै अवैधानिक कामदारलाई वैधानिक हुन पहल गर्न आग्रह समेत गरेका थिए भने कार्यक्रमको सन्चालन मिलन विश्वकर्मा गरेका थिए भने कार्यक्रम राष्ट्रिय गान बजाउँदै ब्यानर पढेर र दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend