साझा नेटवर्क
सुबास बस्नेत,नयाँ दिल्ली ।
नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको बेला नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको नवौं महाधिवेशन पन्जाबको राजधानी चण्डीगढमा आइतबार सम्पन्न भएको छ ।
अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् । नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डे नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य समेत हुन । पाण्डे ७० मतको अन्तरले अध्यक्षमा विजयी भएका छन् । उनले कुल ११६ मत प्राप्त गरेका थिए । अर्का अध्यक्षका प्रतिस्पर्धि धर्मागत काफ्लेले ४६ मत पाए ।
निर्वाचनमा कूल १६२ मत खसेको थियो ।जनसम्पर्क समितिमा अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको हो । बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधिहरु सहमतिका आधारमा टुंग्याउने निर्णय भएको एक नेताले बताए । अधिवेशनको लागि नेपाली काङ्ग्रेस पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई जिम्मेवारी दिएर खटाएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend