logo
  • शनिबार, साउन ३० २०८३

ईस्मा गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीहरू सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

किरण अधिकारी, गुल्मी असोज २३ ।
स्वास्थ्यका लागि खेलकुद अनी राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा सन्चालित ईस्मा तेक्वान्दो दोजाङ्ग इस्मा- ३ गुल्मी ढाडुङ्गामा कार्यक्रम गरी इस्मा गाउँपालिकाले विजया दशमीको अवसर पारेर तेक्वान्दो सिक्ने विधार्थीहरुलाई बेल्ट र प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।
जसमा ५५ जना विद्यार्थीलाई एल्लो बेल्ड, १२ जनालाई ग्रिन बेल्ट, २ जनालाई हाफ ग्रिन बेल्ट, १ जनालाई हाफ ब्यालक र गरी ७० जना विद्यार्थीलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टका अनुसार पढाई संगै बिधार्थीको सर्भागिण विकासको लागि खेलकुद पनि अपरिहार्य भएकाले बिधार्थीहरुलाई खेलप्रति अभिरूजी बढाउनु अहिलेको आवश्यकता रहेको अझ तेक्वान्दो खेल विशेष त आत्मरक्षाको लागि खेलिने खेल भएकाले यसलाई बढी महत्व दिएर सिकाउनुपर्छ, अहिलेको समयमा आफ्नो सुरक्षा आफै गर्नुपर्ने बाध्यात्मक अवस्था भएकोले महत्वका साथ तेक्वान्दो सिक्नुपर्छ।
पछिल्लो समय महिला हिँसाका धेरै घटना हुदै गएकोले गर्दा पनि विशेष त तेक्वान्दो खेल पुरूष भन्दा बढी महिलालाई सिकाउने पर्ने आवश्यकता रहेको हुदै तेक्वान्दो सिकाउने निम्ति अभिभावकहरूलाई आग्रह गरेका थिए ।

तेक्वान्दो प्रसिक्षक दिपक घर्तीका अनुसार यहि असौज ७ देखि ९ गते सम्म बाल्गुङको गोह्वाङ भएको खुल्ला तेक्वान्दो प्रतियोगितामामा गुल्मी जिल्लाबाट दुई जना प्रतियोगीले भाग लिएकोमा दुवै जना ईस्मा तेक्वान्दो दोजाङ्गबाट नै सहभागी भएको र ३० देखि ३५ केजीमा शर्मिला परियार प्रथम भएकी र ५० देखि ५५ केजी मा शिब घर्ती तृतीय भएका थिए र दुवैले मेडल हासिल गरेका थिए ।

अहिले सिक्ने वि धार्थी करिब ८० जना जति रहेको र एक जना ब्लाक बेल्टसम्म पुग्न लागेको र अरू धेरै ग्रिनसम्म रहेको दिपकले बताए।‌आगामी योजना बारे कुरा गर्दा उनले भन्छन तेक्वान्दो खेलबाट इस्मा लगायत देशलाई नै चिनाउने र तेक्वान्दो खेललाई अनिवार्य विषय जस्तै बनाएर सबै स्कुलमा सिकाउने र ईस्मा क्षेत्रबाट नै राम्रा राम्रा तेक्वान्दो खेलाडी उत्पादन गरेर उदाहरणीय बनाउने त्यसैको लागि कठिनाइहरु धेरै छन गाउँपालिकाले केहि सहयोग गरेको छ ।

तर त्यती सहयोग प्राप्त छैन धेरै चुनौतीका विच विधार्थी हरूलाई आवश्यक पर्ने प्राप्त सामाग्री छैनन अझै प्रत्येक विद्यालयलमा तेक्वान्दो अनिवार्य हुन सकेको छैन ।

विधार्थीहरुलाई तेक्वान्दो खेल खेलाउने प्रबिधि को कमी छ । प्रशिक्षक रूपमा आफुले सिकाउदै गर्दा आउने तलब भत्ताबाट दैनिकी गुजारा गर्न समेत गार्हो हुदै गएको अवस्था छ, समस्याहरु धेरै छन ति समस्या हरूलाई समाधान गर्दै अगाडि बढ्ने दृढ विश्वास इच्छा शक्ति रहेको दिपकले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend