logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला सेवा समाज कतारको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा देव पुन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार असोज २ ।
रोल्पालिहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ रोल्पा जलजला सेवा समाज कतारको १०औं अधिबेशन सम्पन्न भएको छ । अधिवेसनले देबराज पुनको अध्यक्षतामा २७ सदस्य नया कार्यसमिति गठन गरेको छ ।
समाजका अध्यक्ष गोपाल केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी समाजका सस्थापक तथा सल्लाहकार चेतमान रोका मगर, त्यसैगरी बिशेष अतिथि सल्लाहकार तथा संरक्षक बसन्त थापा, सल्लाहकार संयोजक शिव बहादुर बुढाथोकी, समाजका प्रबक्ता तथा सल्लाहकार छवि गुरुङ, सल्लाहकार कल्याण थापा, सल्लाहकार चन्द्र जिसि, सल्लाहकार कृष्ण घर्ती, कोषाध्यक्ष शिबलाल केसि, सदस्य टेकेन्द्र बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
आफ्नो प्राण भन्दा प्यारो देशलाई सम्झदै राष्ट्रिय गानबाट सुरु भयको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष बलराम जैसिले स्वागत मन्तब्य राख्नु भयको थियो भने कार्यक्रम समाजका महासचिव देबराज पुनले संचालन गर्नु भयको थियो ।

कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष गोपाल के सिले कोरोना महामारीको बिचमा पनि समाजको अधिबेशनलाई प्राथमिकतामा राखेर आउनु हुने सबैलाइ धन्यवाद व्यक्त गर्नु भयको थियो ।

देबराज पुनको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बलराम जैसी, महासचिवमा शिबलाल केसि, सचिबमा खिम पुन, सहसचिबमा मनमोहन सिंह, कोषाध्यक्षमा चन्द्र बहादुर जिसि, सहकोषाध्यक्षमा शालिकराम पोखरेल चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा इस्वर जिसि, राम कुमार थापा, शेर बहादुर् ओलि, किम राज बिष्ट, लोकेन्द्र गिरि, अमर रोका क्षेत्री, कमल पुन, गङा बुढा, सुशील पुन, भिम प्रकाश कार्की, टेकेन्द्र नेपाली, खगेन्द्र बिष्ट, भबिन्द्र बिष्ट, मिलन ओलि, खेम राज बिष्ट, अनिल कुमार ओलि, दल बहादुर डागी थकेन्द्र बिष्ट, शंकर घर्ती चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend