logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा यातयात व्यवसायीहरूको मनपरी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-किरण अधिकारी ।
गुल्मी जिल्लाका अधिकांश ठाउँहरूमा सवारी साधनहरूले चर्को मूल्यमा भाडा लिदै आएको जन गुनासो छ । गुल्मी जिल्लाका बिभिन्न ठाउँदेखि सदरमुकाम तम्घास सम्मको भाडा दर एउटा छ कागजमा, तर यातयात व्यवसायीहरूले सेवाग्राहीहरूसंगबाट लिने भाडा दर अर्कै छ ।
जब बर्खाको समय सुरु हुन्छ तब व्यवसायीहरूले सेवाग्राही माथि बर्मलुटको बर्मलुट सुरु हुन्छ, यो अवस्था बिगतका वर्षहरु देखी नै हो। कोरोना माहामारीको पहिलाको भाडा र अहिलेको भाडामा तोब्बर बढीको भिन्नता छ । कोरोना माहामारीको चपेटामा परेका आम नागरिक जस्ले रोजगारी गुमाएका छन जस्को नियमित आयस्रोत छैन तिनिहरुलाई यातयात व्यबसायीहरूले पनि भाडाको रूपमा तिनै माथि नै ज्याजति मच्चाएका छन।

गुल्मीको इस्मा रामकोटदेखि सदरमुकाम तम्घासको सम्मको दुरी लगभग २२ किलोमिटर जति छ, कोरोना माहामारी पुर्व यातयात व्यबसायी संघले रामकोटसम्म तोकेको भाडा दर १५० थियो । भने अहिलेको भाडा दरमा कुनैपनि एकरूपता छैन, यातायात व्यवसायीले मान्छे अनुसार मनलाग्दी भाडा ३००/४००/५०० सम्म असुली गर्दै आएको अवस्था छ।

यो त एउटा प्रतिनिधि घटना मात्र हुन यस्ता किसिमका घटना गुल्मी जिल्लाका हरेक ठाउँमा भएको अवस्था छ। हालै नेपाल सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। सोही अनुसार भाडा वृद्धि गरेपनि पहिले भन्दा दोब्बर तेब्बर भाडा हुदैन। सदरमुकामसम्म जान हिँडेर सकिदैन भाडाका गाडी चढ्नै पर्छ अनि बाध्य भएर मनलाग्दी भाडा तिर्ने पर्ने हुन्छ ।

यो समयमा यातयात व्यबसायीको भाडा दर कहाँ कति हो नागरिक कसैलाई पनि थाहा छैन । यातयात व्यबसायीले आम नागरिकलाई नभएको भाडा लिँदा अनुगमन गर्ने टोली काहाँ छ, स्थानीय सरकार कहाँ छ, यातायात व्यवसायी संघ कहाँ छन, गुल्मीमा खोज पत्रकारीता कता छ । कुनै नियमकारी संस्था भएको अनुभूति कसैलाई पनि छैन ।

वास्तवमा भन्ने हो भने आम नागरिकका समस्या सुन्ने कुनैपनी निकाय नै नभएको अवस्था छ । व्यावसायिलेजे गर्दा पनि हुने जति भाडा असुली गर्दा पनि हामी लाचाहार भएर भाडा तिर्नुपर्ने यो कस्तो बिडम्बना हो । पुलिस प्रशासन ट्फिक पुलिस र यातयात व्यवासायि संघको आवश्यकता आखिर केका लागि हो ।

नागरिकबाट आएको करबाट तलब खाएर बस्नको लागि मात्र पक्कै राखिएको हैन होला सायद, आम नागरिकका पिडा कस्ले सुनिदिने नियमनकारी संस्थाहरूले आम नागरिकका पिडाहरू किन नजरअन्दाज गरी बसेका छन, ‌यिनिहरूलाई कस्ले गर्ने प्रश्न कस्ले बनाउने हो जवाफदेही।

हिउँदको समयमा प्रसस्त मात्रामा भाडाका गाडीहरू उपलब्ध हुन्छन् र तोकिएको भाडामा सेवा प्रदान गरेपनि वर्खामा बस हाईस लगायत ठुला सवारी साधनहरू कच्ची सडकमा जान सक्दैनन् अनि जिप व्यबसायीहरू मनपरी सुरु हुन्छ।

बर्खाको समयमा पनि प्रत्येक गाउँ गाउँमा पुगेर सेवा गरेका छन यो सबल पक्ष हो सेवा प्रदान गर्दै गर्दा नभएको भाडा तोक्नु आम नागरिक प्रती गरेको अन्याय नै हो । जति जति सडक हरूको स्तरउन्नती हुंदै गएको अवस्था छ त्यती त्यती सवारीसाधनको भाडा बढ्दै गएको छ ।

साच्चै सर्वसाधरण नागरिक ‌हरेक ठाउँबाट चपेटामा परेको अवस्था छ । जुन दलको ‌सरकार आएपनि नागरिक लाई सास्ती नै छ । हिजो कम्युनिष्टहरूलेको सरकार चलाए कांग्रेसले सरकार चलाउदै छ, न हिजो केही भयो न आज केही हुदै छ न भोली केही होला आम नागरिक समस्याहरु जिउको तिउ छन ।

हामी आम नागरिक हरू कांग्रेस र कम्युनिष्ट पार्टीको रखेल मात्र बनेको स्थीती छ । अब जुटौ अनियमितता अत्याचार र थिचोमिचो पार्ने हरू विरूद्ध नागरिक स्वयम आफैं जागरूप हुने नसके आम सर्वसाधारण नागरिकको पक्षमा वकालत गर्ने यहाँ वास्तवमै कोही पनि छैनन्…?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend