logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल मगर संघ कतार शाखाको १४औं महाधिवेशन सम्पन्न, अध्यक्षमा विवेक पुलामी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

तिलु शर्मा पौडेल ,
दोहा कतार ।

नेपाल मगर संघ कतारशाखाको १४ औं महाधिवेशन तथा २१ औं वार्षिकोत्सव कार्यक्रम हिजो जुम भर्चुअल मार्फत सम्पन्न भएको छ।संघका अध्यक्ष विजय कुमार मगरको सभापतित्वमा तथा संघका, केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो ।

खुल्ला सत्रको आरम्भ दीप प्रज्वलन, ब्यानर अनावरण, राष्ट्रिय गान, प्रथम सहिद लखन थापा मगर साथै अन्य ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौन धारण सहित बढेको कार्यक्रमलाई संघका, शाखा कतारका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राखेका थिए ।सङ्घको संगठनीक प्रतिवेदन संगठन सचिव केशव राना मगर, कार्य प्रगति प्रतिवेदन महासचिव विवेक पुलामी मगर, वैदेशिक विभाग प्रतिवेदन विदेश विभाग संयोजक अभिमत पुन मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिम बहादुर थापा मगरले प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संस्था प्रमुखहरूले आफ्नो मन्तव्यको क्रममा महाधिवेशन सफलताको शुभकामना ज्ञापन गर्दै मगर संघले गर्ने हरेक कार्यहरू उत्कृष्ट रहने गरेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुन मगरले नेपालको वर्तमान अवस्था तथा मगरहरूको बारेमा जानकारी दिँदै निवर्तमान हुदै गरेको कार्यसमिति आफनो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिँदै नयाँ बन्ने कार्यसमितिलाई अग्रिम बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।

महासचिव पुलामी मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मगरले कार्यक्रममा उपस्थित, महाधिवेशन सफल बनाउन सहयोग गर्ने लगायत कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिँदै खुल्ला सत्रको समापन गरेका थिए ।

बन्दसत्र सँगै विवेक पुलामी मगरको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरिएको थियो । नव निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष केशव राना मगर, द्वितिय उपाध्यक्ष हिम थापा मगर, महिला उपाध्यक्ष देवी कुमारी मगर, महासचिव लोक बहादुर सिन्जाली मगर,सचिव तिल विक्रम मगर, सङ्गठन सचिव समीर थापा मगर,कोषाध्यक्ष रेसम आले मगर, सह कोषाध्यक्ष कुमार राहदी मगर, सदस्यहरू दीपक इक्चाइ मगर, दिल बहादुर रोका मगर, लक्ष्मी घर्ती मगर, जानू कुमारी मगर, कृष्ण सोराली मगर, भक्त ढेगा मगर, पूर्ण थापा मगर ,ध्रुव थापा मगर ,रुक माया आले मगर ,दुर्गा थापा मगर, चेत ब।थापा मगर ,कमल मगर,मन प्रसाद राना मगर , धनबहादु थापा मगर,पाण्डव थापा मगररहेका छन । निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन समितिका संयोजक रमेश कनौजे मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend