logo
  • शुक्रबार, साउन ८ २०८३

एसएसओसी र कतार विश्वकपबीच सम्झौता


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

तिलु शर्मा पौडेल, कतार ।
सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि कतारले तयारी तीब्र पारेको छ । विश्वस्तरमा विश्वकपका लागि देशहरुले छनोट चरणका खेलहरु पनि खेलिरहेका बेला आयोजक राष्ट्र कतारले प्रतियोगिता व्यवस्थापनका विषयमा तयारीलाई पनि तीब्रता दिएको हो ।
यसैक्रममा कतारले विश्वकपका लागि फिफा विश्वकप २०२२ को सुरक्षा एबं सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । फिफा विश्वकप कतार २०२२ को सुरक्षा सतर्कता सञ्चालन समिति एसएसओसी र आयोजकबीच कतारको गृहमन्त्रालयमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा एसएसओसीका अध्यक्ष मेजर जनरल इन्जिनियर अब्दुलाजीज अब्दुल्लाह अल अन्सारी र सुरक्षा तथा सतर्कता निर्देशक हेल्मुट स्पहानले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर पछि जनरल अल अन्सारीले सुरक्षित तरिकाले फिफा विश्वकप आयोजना हुनेमा ढुक्क हुन आग्रह गरेका थिए । सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने पनि उनले सो अबसरमा बताए ।
सम्झौताले कतार र फिफाबीच सम्बन्ध अझ राम्रो हुने पनि उल्लेख गरेका थिए । यसैगरी निर्देशक हेल्मुट स्पहानले सम्झौताले आफू उत्साहित भएको बताएका थिए । उनले भने ‘आजको दिन एकदमै महत्वपूर्ण छ । विशेषगरी सुरक्षाको हिसाबले फिफा विश्वकप सुरक्षित हुने छ ।’ कतार विश्वकप अर्को बर्ष आयोजना हुँदैछ । विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्ने छन् । सन् २०१८ मा आयोजना भएको विश्वकप फ्रान्सले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend