साझा नेटवर्क
साझा नेटवर्क, कतार असार ४ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आशन्न निर्वाचन २०२१–२०२३ कार्यकालको लागी द्वितीय उपाध्यक्ष पदमा कतारबाट प्रेम चलाउनेले उम्मेद्वारी दिएका छन ।
कतारमा रहेर लामो समय समाज सेवामा लागेका चलाउने आफ्नो अनुभवहरुलाई संगाल्दै एनआरएनएलाई उपलब्धी मुलक बनाउने उद्धेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको द्वितीय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।
चलाउने लामो समयदेखि कतारमा बसेका नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गर्दै आएका एक समाजसेवी व्यक्ति हुन ।
एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको चलाउनेले साझा नेटवर्कलाई बताए ।
चलाउनेले आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने, अफ्ठ्यारोमा परेका नेपालीहरुको सेवामा समर्पित हुनका लागि हामी जस्ता तमाम मजदुर युवाहरुलाई आकर्षित गराउदैनेपाली समुदायलाई एउटै सुत्रमा एकतावद्ध गराउनका लागि पहलगर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागि आफ्नो अमुल्य मत दिई विजयी गराउन आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend