साझा नेटवर्क
साझा नेटवर्क, कतार असार ४ ।
दाङ्ग देउखुरी सेवा समाज कतारद्वारा पलशाह फाउन्डेशनलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरससँगको लडाईका लागि सस्थाले अक्सीजन सिलिन्डरको लागि आर्थिक सहयोग संकलन अभियान चलाएको थियो । सोहि अभियानबाट सङ्कलित रकम एक लाख चौध हजार आठ सय सन्तानब्बे नेपाली रुपैया सहयोग गरेको छ।
बिभिन्न देशबाट सम्पुर्ण जिल्ला बासी तथा गैर जिल्ला बासीहरुले सहयोग गर्नु भएको थियो । पहिलो चरणमा दाङ्ग देउखुरी सेवा समाज दाङ्ग घोराहिलाई दुइ लाख बिस हजार रुपैया पठाएको समाजकि कोषाध्यक्ष मनीषा खड्काले बताईन् ।
दोश्रो चरणको अभियान सबैको मन मुटुमा बस्न सफल देशको चर्चित अभिनेता तथा समाज सेबी पल शाह फाउंन्डेसनलाई दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले दोश्रो अभियानबाट सङ्कलित रकम पठाएको सह-कोषाध्यक्ष छबिलाल परियारले साझा नेटवर्कलाई जानकारी दिए ।
उक्त अभियानलाई सफल बनाउन बिशेस भुमिका खेल्नु हुने टिकटक बाट हास्य बिधाका सबैको मन मुटुमा बस्न सफल दंगाली बाबु योगेश श्रेष्ठ र दाङ्ग देउखुरी सेवा समाज दोहा कतारका महासचिब केशब बीएम, बसन्त कुँवरले महत्वपुर्ण भुमिका खेलेका थिए ।
दाङ्ग देउखुरी सेवा समाज दोहा कतारका केन्द्रीय समिति र कतार अनि अन्य देशबाट पहिलो र दोश्रो अभियान सफल बनाउन सहयोगि भूमिका खेल्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेको कार्यबाहक अध्यक्ष रणबहादुर केसीले जानकारी दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend