logo
  • शुक्रबार, साउन ८ २०८३

पाठा र स्याल


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, जेठ ३०।
पाठा र स्याल जंगलको छेउमै रहेको एक घरमा तिन वटा बाख्राका पाठाहरु थिए | सधै संगै चर्न जान्थे तिनी पाठाहरु माथि धेरै दिन देखि स्यालको नजर गडेको थियो। पाठालाई आफ्नो सिकार बनाउन दाहु हेरिरहेको थियो। तर पाठाहरु संग संगै चर्ने हुँदा आक्रमण गर्न सकेको थिएन। ति पाठाहरुमा एकदम गहिरो मित्रता र माया थियो जति बेला पनि संग संगै रहन्थे।

त्यसैले स्यालले धेरै चोटी झम्टेर खान खोज्दा तिनै ओटा पाठ मिलेर स्याललाई लखेटेर जंगल कटाउथे। एकदिन स्यालले जुक्ति सोच्यो अब यिनीहरुलाई
अलग अलग बनाउछु र आफ्नो सिकार बनाएर खान्छु भन्ने सोच्यो संगै हुँदा स्याल एउटा पाठाहरु तिन ओटा हुन्थे स्याललाई जित्थे अनि आफुहरुको बचाउ गर्थे। अब स्याललाई झन् पाठा खाने भोक बढी जाग्न थाल्यो पटक पटक आफु असफल र पाठाहरु सफल भएकोले आक्रोश झन् बढेको थियो।

स्यालले जंगलमा एउटा झुटो हल्ला फैलायो ति पाठाहरु मिले जस्तो गरेर एक अर्को लाइ धोका दिदै छन् मित्रता देखावटि हो। अब संका उत्पन्न भयो कुन पाठाले अर्को पाठालाई धोका दिदै छ ? कुन सत्रु कुन मित्रु ?? ठम्याउन कठिन भयो संकाले लंका जलाउछ भने जस्तै उनीहरु बीच बिस्वास टुट्यो यहि कारण उनीहरु अलग अलग चर्न थाले अब उनीहरुको मित्रता पनि टुट्यो। स्यालको षड्यन्त्र सफल भयो। एकदिन स्यालले तिन मध्ये एक पाठा माथि हमला गर्यो पाठो बिचरा एक्लै चरिरहेको थियो स्यालको फन्दामा फस्यो एकछिन लडाई चल्यो तर पाठाले जित्न सकेन घाइते बनायो र मारेर स्यालले आफ्नो पेट भर्यो।

अब दुइ ओटा मात्र पाठा बाँकी रहे उनीहरुलाइ आफ्नो पुरानो मित्र अहिलेको सत्रुलाइ स्यालले खाएको थाहा भयो संकाले मनमा घृणा पलाएको कारण खुशी भए खुवै मेरो विरूद्दमा सडयन्त्र गरेको थिहिस बल्ल ठिक भयो स्यालले खायो भन्थे भोलि हामीलाई पनि त्यसरी नै खान्छ कि भन्ने ज्ञान उनीमा थिएन यदि हुन्थ्यो भने बचेका दुबै सुरक्षित रहन सक्ने थिए अर्को दिन एक्लै चरेको पाठा नजिक गयो र सिधै आक्रमण गर्यो र आफ्नो सिकार बनायो।

अब एउटा मात्र बाकीं रहेको थियो उसलाई पनि त्यसै गरि यसरि पालैपालो पाठाहरुको हत्या गर्यो स्यालले आफ्नो जुक्तिलाई सफल बनायो। पाठाहरु संग संगै हुदा हरेक समस्याको मिलेर साबधान गरेका थिए जंगली जनवार बाट आफ्नो बचाउ गरेका थिए जब एकता टुट्यो अलग भए उनीहरुले एक्लै रक्षा गर्न सकेनन एकतामा ठुलो तागत हुदो रहेछ फुटेर होइन जुटेर हरेक खतरा पूर्ण परिस्थितिको सामना गर्न सकिने रहेछ तर आफूमै बिस्वास नभएको कारण अरुको बहकाउमा आउनाले ले बिचरा पाठाहरुलाई आफ्नो ज्यान गुमाउनु पर्यो।

कल्पना पौडेल ‘जिज्ञासु ‘ नवलपुर हाल = बाँके नेपालगञ्ज।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend