साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार जेठ १२ ।
कोरोनाको प्रकोप विश्वमा दैनिक बढी रहेको छ । दोस्रो चरणको नयाँ भेरियन्ट कोरोनाका कारण विश्वका अधिकास देशमा लकडाउन तथा प्रतिबन्ध लगाइएको छ । विश्वभर रहेका नेपालीहरू पनि कोरोनाबाट प्रत्यक्ष मारमा परेका छन् । लाखौँले रोजगारी गुमाएका छन् भने हजारौँ सङ्क्रमित छन् सयौँको मृत्यु भएको छ ।
रोजगारीको मुख्य गन्तव्य रहेको खाडी राष्ट्र कतारमा कोरोनाका कारण २७ नेपालीको निधन भएको छ । नेपाली राजदूतावास कतारका दित्तीय सचिव भुवन भट्टका अनुसार पहिलो चरणको सङ्क्रमण समयमा १८ नेपालीको मृत्यु भएको हो भने नयाँ भेरियन्ट कोरोनाका कारण थप ९ नेपालीको निधन भएको जानकारी दिनु भयो । भट्टका अनुसार मृत्यु हुनेहरू सबै पुरुष रहेका छन् ।
मृतकको शव नेपाल पठाउन नमिल्ने भए पछि परिवार सँगको अनुमति तथा सहमतिमा २२ जनाको कतारमै अन्त्येष्टि गरी सकिएको र थप ५ जनाको कागजी तथा कानुनी प्रक्रिया पुरा हुने प्रक्रिया रहेको जानकारी भट्टले दिनुभयो ।
कोरोनाबाट कतारमा हाल सम्म ५१२ जनाको मृत्यु भई सकेको छ भने ८ हजार भन्दा बढी सक्र्मित रहेका छन् । एक तथ्याङ्क अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend