साझा नेटवर्क
साझा नेटवर्क, दोहा जेठ ३ ।
कतारको व्यस्त शहर दोहाको माइदरमा बेस्ट क्वालीटी (ग्यारेज) वर्कसप सन्चालनमा आएको छ । नेपाली म्यानेजमेन्टमा केहि समय अघि संचालनमा ल्याइएको उक्त वर्कसपमा अटो (गाडी) रिपाएरिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध रहेका छन ।

दक्ष कालिगढहरुद्वारा गाडिमा कम्प्युटर स्क्यानिंग गर्नुका साथै इलेक्ट्रिकल, मेकानिकल, इन्जिन मर्मत, एसि मर्मत, इस्तेमाराको लागि फाहेससम्म लैजाने ल्याउने समेत व्यवस्था समेत रहेको छ ।
त्यस्तै कुनैपनि समयमा गाडी बाटोमा रोकिएर समस्या आइपरेमा आपत कालिन Roadside Assistance को पनि सुबिधा रहेको सोही कम्पनीका मार्केटिङ्ग डाईरेक्टर कमल खत्रीले साझा नेटवर्कलाई बताए ।
उक्त वर्कसपमा हरेक गाडीका लागि १ वर्षको वारेन्टी सहित ब्याट्री परिपर्तन गर्ने सुबिधा र नेपालीलाई विशेष छुटका साथ हरेक प्रकारका गाडीहरु छिटो छरितो र सुलभ दरमा मर्मत गरिने खत्रीले जानकारी दिए ।
समय ब्यतनको लागि नजिकै हाइपर मार्केटहरु रहेको र साथ मै नेपाली रेस्टुरेन्ट, सुपर मार्केट (ग्रीन होम-ग्रीन तारा) पनि रहेको छ । विशेषत: कतारमा रहनु भएका नेपालीहरुलाई छिटो, छरितो सुलभ र अर्डर अनुसारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको खत्रीको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend