साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ भदै १२ ।
बाग्लुङका पश्चिम भिमगिठे गाउ बिकास समितिमा एक युवाले भैसीको साडे पालेर मनग्य आम्दानी गर्दै आएका छन । भिमगिठे वडा नम्बर ५ मा बस्दै आएका स्थानिय डोर बहादुर खड्का रागो पालेर स्थानियहरुलाई सेवा समेत दिएका छन ।
पछिल्लो चरणमा आएर गाबिस मै खासै रागो नपाल्ने र पाले पनि कुनै कुनै गाउमा मात्र पाल्ने गरिएको वेला आबस्यक पर्दा रागो खोज्न पल्लो गाँउ धाउनु पर्ने हुदा स्थानियहरुलाई सेवा पनि दिन सकिने र आम्दानी आय आर्जन गर्न सकिने हुदा वढा नं.५ तथा आसपासका अरु वडामा पनि लैजाने गरिएइको खडकाले बताए।
बिगत ३ बर्ष यता रागो पाल्दै आएको बताउने उहाले बर्षमा १ लाख सम्म आम्दानी गर्ने गरेको बताए। अहिले उहाले रागो मार्फत एक भैसी गर्भाधान गरेको बापत ७ सय रुपैया सुल्क लिने गरेको डोरबहादुरका छोरा धन बहादुर खड्काले बताए। रागोलाई आसपासका गावा छाप माझर्खक असारे श्रीर्खक पात्ले लगाएतका ठाउहरुमा भैसी पालक किसानहरुले रागो लैजाने गरेका छन ।
त्यस बाहेक खड्काले गरेको कृषि कर्मले पनि राम्रै प्रतिफल दिएको बताए । आफ्नै बारीमा लगाएको तरकारी खेती र भैंसीको दुध तथा घ्यू बेचेर पनि राम्रो आम्दानी गर्ने गरेको उहाले बताए । त्यस्तै उहाले किराना पसल बाट पनि राम्रो आम्दानी भएको बताएका छन् । बर्ष भरी रागो पाल्दा गाहो भएको र अहिले कमाउने सिजन आउदा आफुले बर्ष भरीको दुख भुलेको मसुस भएको बताए।
साथै एक बर्षमा १ सय २० सम्म भैसि हुने र बार्षिक ८० देखि १ लाख सम्म्म आम्दानी गरेको र दुनो २ वटा भैसीको दुधबाट बार्षिक ५० हजार कमाउन सफल भएको बताए । गाउमा एक दिनमा २ देखि ३ वटा भैसी समेत हुने बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend