logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा मनाइयो मे दिवस २०२१


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, वैशाख २० ।
नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सहयोग समुह) कतारको आयोजनामा १ मे २०२१का दिन १३२ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२१ मनाईएको छ । “कोरोना” माहामरीलाई परास्त गरौ, मर्यादित रोजगार र सुरिक्षित कार्यथलोको लागी एक हौ” भन्ने नाराको साथमा सस्थाका अध्यक्ष भीम तरामु मगरको सभापतित्वमा नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल ट्रेड युनियन माहासंघ जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, जिफन्ट गल्फ इन्चार्ज स्मृति लामा, G.S.G. कतारका सस्थापक अध्यक्ष बिस्वराज नेपाल, प्रमुख सल्लाहकार शेषराज तिमिल्सिना र सल्लाहकार सदस्य प्रभात त्रिपाठीको विशेष आतिथ्यता रहेको कार्यक्रममा सस्थाको उपाध्यक्ष दिनेश कटुवलले स्वागत गरे लगत्तै कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा प्रमुख सल्लाहकार शेषराज तिमिल्सिना र सल्लाहकार सदस्य प्रभात त्रिपाठीले शुभकामना मन्तव्य राख्दै १३२ औ मे डे मनाउदै गर्दा आजको दिनसम्म आउदा कयौ मजदुरहरुले आफ्नो हक र अधिकारको लागि आवाज उठाउदा कयौले ज्यान गुमाउनु परेको थियो । त्यो मात्र नभएर कोभिड १९ ले गर्दा कयौ मजदुरहरुको अकाल मै मृत्यु भएको छ । उहाहरु प्रति हार्दिक  श्रद्धाञ्जली व्यक्त गर्दै कोभिड -१९ को माहामारीले गर्दा बिरामी भएकाहरुको स्वास्थ्य लाभको कामाना गर्दै सम्पुर्ण श्रमिकहरुलाई सुरिक्षित रहन आग्रह गर्नु भएको थियो । वर्तमान स्थितिमा देखिएको नेपालको राष्ट्रिय राजनीतिको समस्याले श्रमिकहरुलाई बिचलन हुन नपरोस् यस मे दिवसले सबै श्रमिकहरुलाई एक एकताको सन्देश दिन सकोस् भन्दै कार्यक्रम सफलताको साथमा मे दिवसको शुभकामना दिनु भएको थियो ।

त्यसैगरी G.S.G. कतारका सस्थापक अध्यक्ष विश्वराज नेपालले पछिल्लो समयमा कतार सरकारले श्रमिकहरुको बारेमा परिवर्तन गरेका विभिन्न कानुनहरुका बारेमा प्रकाश पार्नु भएको थियो । नेपाल ट्रेड युनियन माहासंघ गल्फ संयोजक स्मृति लामाले आजसम्म हामी मजदुरहरु, श्रमजीवी बर्गले गरेको महत्त्वपूर्ण उपलब्धिहरुलाई संरक्षण गर्दै कसरी अघि बढन सकिन्छ भन्ने कुरामा ध्यान दिदै G.S.G. कतारको स्थापना काल २०११ देखि आजसम्म गौरवशाली इतिहासको रुपमा रहेको भन्दै यो मे दिवसले G.S.G. कतारलाई अझ ससक्त तरिकाले अघि बड्न प्रेरणा मिल्न सकोस् भन्दै मे दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

शुभकामना मन्तव्यको क्रममा जितेन्द्र श्रेष्ठले कोभिड १९को कारण बिगतका वर्षहरुमा जस्तै औपचारिक रुपमा कार्यक्रम गरि मनाउने माहोल नमिलेको भएपनि घरमै रहेर घर परिवार सगै मे दिवस मनाउने अभियान सफल भएको, बताउदै प्रवास पनि मलेसिया लगायतका विभिन्न मुलुकहरुमा मे दिवस मनाउनु भएको र कतारमा पनि जुम भर्चुअल मार्फत शुभकामना आदानप्रदानमा उपस्थिति हुन पाएकोमा खुशी व्यक्त गर्दै मजदुरहरुले अहिलेसम्म प्राप्त गरेको उपलब्धिहरुलाई रक्षा गर्दै आगामी दिनहरुमा ससक्त रुपमा अघि बढ्नु पर्ने र ट्रेड युनियन एक हुनुपर्नेमा जोड दिदै मे दिवसको शुभकामना राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बिनोद श्रेष्ठले स्वदेश वा बिदेशमा आज मे दिवस मनाई रहदा प्रवासमा रहेर पनि मे दिवसलाई संझनु भनेको परम्परालाई सम्झनु आफ्नो कामलाई सम्झ्नु नै त्यो कामको मुल्यांकन गरि योजना बद्द रुपमा अघाडी बढाउन संकल्प गरेर अघि बढ्नका लागि प्रतिबद्धता गर्नु हो, भन्दै कुनै बेला पुलिसको लाठीचार्जलाई सहदै जेलको बाटो हुदै जङ्गलमा मनाएको, कहिले सडकमा नारा जुलुस गर्दै त कहिले उत्साह उमंगको साथमा मनाएको र यो बर्षमा र अघिल्लो बर्षमा कोभिड-१९ लाई परास्त गर्ने तरिकाले आफ्ना मागहरुलाई सम्बोधन गराउने दिशामा हामीले यो मे डे मनाउन बाध्य हुनु परेको बताउनु भयो ।

उहाँले मे दिवस जे जसरी मनाए पनि हामी आफ्नो परम्परालाई कायम गर्न सकेकोमा गौरवान्वित गर्दै कतारमा रह्नुहुने सम्पुर्ण श्रमिकहरुको, त्याग, एकता, संघर्शिल परम्परालाई अझ एकताबद्द र संघर्सशिल बनाउदै जति पनि कतारमा रह्नु हुने श्रमिकहरुले मजदुरहरुको आन्दोलनलाई जोड्न सक्नुस भन्ने कामाना गर्नुभयो ।

विभिन्न कालखण्डमा हामीले नाकाबन्दी, बेहोर्नु परेको, भुकम्प, बेहोर्नु पर्यो अहिले कोभिड १९ ले गर्दा आइ परेका अनेक समस्याहरु झेल्दै आएका छौ यी समस्या हरुसग झेल्दै गर्दा आई पर्ने समस्या संग जुद्द्नको लागी भिबिन्न प्याकेज देउ सरकार भन्यौं केही- केहि सरकारले दिएको जस्तो पनि गरे पनि व्यबहारमा हामीले त्यति राम्रो संग प्राप्ति गर्न नसक्दा नस्कदैपनि हामी हाम्रा मागहरुलाई सम्बोधन गराउनको निमित्त हामी एकता बद्द ढंगले उठ्यौ जसले गर्दा नेपाल ट्रेड युनियन माहासंघ एकरुपताको साथमा एक ढिक्का भएको छ ।

नेपालको राष्ट्रिय राजनीतिकमा तरलता छाएको गत सालको मे डे पछि देखिएको राजनीतिक समस्यालाई गम्भीरताका साथ लिएको प्रष्ट पार्दै नेपाल ट्रेड युनियन माहासंघको आन्दोलनलाई क्षेती नपुर्‍याउने हो भने हामीले पर्ख र हेरौ भन्ने नितिलाई अबलम्बन गर्नुपर्छ, हामी पक्ष र विपक्ष लाई हेरेर होईन हामीले कसलाई समर्थन गर्ने कसलाई नगर्ने भनेर भन्दा पनि मजदुर पक्षिय आन्दोलन हेर्नु पर्ने हामी कसको पछि लाग्ने, कस्को धजिया उडाउने रुपमा हामी अन्धभक्त रुपबाट अगाडि बढन नहुने कुरा राख्नु भयो ।

कामको आधारमा मुल्यांकन गरेर अघि बढ्न पर्छ भन्ने निति अबलम्बन गरेको जानकारी गराउदै नेपाल ट्रेड युनियनका महासंघले राजनीतिक रुपले जो जाहा सुकै लागेको भएपनि नेपाल ट्रेड युनियन माहासंघ संग आवद्ध ४ लाख ४ ० हजार ७१२ जना मजदुरहरु हामि सबै एक ढिक्का हुन तयार हुनुपर्छ, हामी नेपाल ट्रेड युनियन माहासंघले लिएको नितिलाई अनुशरण गर्न तयार हुनु पर्नेमा जोड दिनुभयो।

कसैको टीका टिप्पणी गर्नु भन्दा पहिला ईतिहासलाई सम्झ्ने, नेताहरुको काम कर्तव्य लाई हेर्ने र हामी कुन गन्तव्यमा पुग्ने त्यो ठाँउ किलियर गरेर अघि बढौ भन्ने मापन गर्दै मजदुरहरुको समस्यालाई एक ठाँउमा सगाल्नु सक्नु पर्छ र जिफन्ट एक ठाँउमा हुनुपर्छ बिचारको आधारमा भन्दा पनि कामको आधारमा जानू पर्ने कुरामा जोड दिदै जिफन्ट आफै राजनीतिक संगठन भएको हुनाले कुन बिचार ठिक कुन बिचार बेठीक भन्ने कुरालाई पनि बिचार गरेर निर्णय गर्नुपर्छ भन्ने मान्यतालाई आधार मानेर छलफल गर्दा ९०% मजदुरहरुको आवाज जनताको बहुदलीय जनबादलाई मानेर जाने भन्ने निचोड आयो ।

त्यसले गर्दा २०७७ साउन ५ गते नेपाल ट्रेड युनियन माहासंघ को राष्ट्रिय परिषदको बैठकले जनताको बहुदलीय जनबादलाई अंगीकार गर्नु पर्छ भनेर निष्कर्ष मा पुगेको स्पष्ट पार्दै हामीले कस्को सरकार लाई समर्थन गर्ने त भन्ने कुरा मा पनि छलफल र परामर्श गर्यौ जसले मजदुर हरु लो हकहित को बारेमा सम्बोधन गर्छ त्यही सरकार लाई समर्थन गर्ने निष्कर्ष पुग्यौ ।

२०४६ साल भन्दा यता गठनका धेरै दलले सरकार बनाए तर अहिलेसम्म बनेको सरकार मध्येमा हामीले उठाएका मुद्दाहरुमा योगदानमा आधारित समाजिक सुरिक्षाको ब्यबस्था” लगायत श्रमिकहरुको पक्षमा भएको काम केपि ओलिको सरकारले गरेको हाम्रो ठम्माइ भएकोले केपि ओलिको सरकारलाई समर्थन गर्ने भन्यौ सरकार र सत्ता फेरिन्छ तर मजदुरको अबस्था फेरिदैन सरकारमा धेरै जना आउन सक्छन् र आए पनि तर हामीलाई मजदुर को आवाज सुन्ने सरकार चाहिन्छ प्रचार भन्दा हामीलाई काम चाहिन्छ संख्या भन्दा गुणात्मक हुनुपर्छ ।

नेपालको ट्रेड युनियनको आन्दोलनलाई एक ढिक्का बनाउनको लागि हामीले नेताले के भन्यो भनेर होईन जिफन्टले के भन्यो भनेर छलफल गर्नु पर्छ। मन्तब्य कै क्रममा उहाले जिफन्टआफै मजदुर आन्दोलन बर्गिय आन्दोलनको नेतृत्व गरि निर्णायक अधिकारको ठाँउमा पुग्ने बाटो बनाउनको लागि पनि सघर्ष गर्नुपर्छ ।

त्यो सघर्ष प्राप्तिको लागि हामीले नेपाल ट्रेड युनियन माहासंघ आबद्ध ४ लाख ४० हजार ७१२ जना मजदुरहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्न आबश्यक भएको बताउनु भयो । कतार रह्नु भएका G.S.G. का सम्पुर्ण श्रमिक साथीहरूलाई पहिलो काम आफ्नो डिउटी निर्बाह गर्ने, काममा बिचलित नहुने र नेपालको राजनीतिलाई सहि बाटोमा ल्याउनको लागी पनि सल्लाह सुझाव दिएर सहयोग गर्नुस् भन्दै कतार लगायत प्रवासमा रह्नुहुने सम्पुर्ण श्रमिकहरुमा १३२ औ मे दिवसको शुभकामना राख्नु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति तथा अध्यक्ष भीम तरामु मगरले कार्यक्रमलाई सफल पार्न आ-आफ्नो ठाँउबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन सस्थाका संगठन सचिव गणेश ढकालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend