logo
  • शुक्रबार, साउन ८ २०८३

लुम्बिनी प्रदेशमा पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन हुने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क ,बैशाख १९, रुपन्देही – शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।
प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले संसदीय दलका
नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश सचिवालयमा दर्ता भएको आफू विरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो ।

संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका
पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ ।
पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्दै मौजुदा सरकार लाई अर्को सरकार नबन्दा सम्मको लागि काम गर्न जिम्मेवारी दिनुभएको छ ।

पार्टीभित्रको असन्तुष्ट माधव नेपाल समूहका सदस्यले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएकाले पोखरेलले राजीनामा दिनुभएको हो ।
८७ सदस्य रहेको प्रदेश सभामा हाल ८१ सांसद छन् ।
जसमा नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend