साझा नेटवर्क
सुबास बस्नेत, नयाँ दिल्ली ।
प्रवासी नेपालीहरुको छाता संगठन प्रवासी नेपाली संघ भारतले विहीबार एक विज्ञप्ती जारी गरि भारतमा रहने सम्पुर्ण प्रवासी नेपाली आमाबुवा ,दाजुभाई तथा दिदिबहिनीहरु बिश्व महामारीको रुपमा देखापरेको प्राण घातक कोरोना भाइरसको दोस्रो चरणको संक्रमित लहर एकदमै तिब्रगतिमा बढ्दो अवस्थामा छ ।
आफुलाई विश्वकै महाशक्ति सोच्ने ठुला देशहरुलाई समेत हायलकायल पार्दै विश्व मानवजाती र विज्ञानलाई समेत चुनौती बनेको कोरोना भाइरस अहिले भारतमा दिनप्रतिदिन लाखौंको संख्यामा संक्रमित हुनथालेकोले आम नेपालीहरुलाई सजग भइरहन हार्दिक अपील गरेको छ ।
संघका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी र महासचिब टिका पौडेलको संयुक्त हस्ताक्षरित विज्ञप्ति यातायात व्यवासायीहरु तथा व्यवसायी सम्बन्धी एजेन्टहरूले कोभीड़ प्रकोपकै समयमा स्वदेश आवत –जावत गर्दा नेपालीहरुलाई अत्यधिक मार पर्नेगरी चर्को भाड़ा असुली गरिएको , यात्रुहरुलाई बीच बाटोमा अलपत्र पारेको जस्ता बिगतका गैर मानवीय व्यवहार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । बस व्यवसायीहरूले मानवीय सदासयता प्रकट गर्दै न्यायिक भाड़ा लिन र यात्री हरूको जिम्मेबारी बहन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन विज्ञप्ती जारी गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend