साझा नेटवर्क
-सज्जन ढकाल ।
प्रिय मेरी मुटुको टुक्रा, लाखौं लाख सम्झना र असिम प्यार ! भनिन्छ जिन्दगी संघर्ष हो । जहाँ विभिन्न उकाली ओराली संगै आरोह अवरोह पार गर्नु पर्दछ । जिन्दगीलाई सुदृढ तरिकाबाट अगाडि लैजानका लागि जिन्दगीको सहयात्रामा अहोरात्र साथ दिदै प्रकृतिको सृष्टिलाई निरन्तरता दिनको लागि एक जीवन सङ्गिनिको साथ चाहिन्छ ।

त्यसैले त यो संसारको सृष्टि चलायमान अवस्थामा रहेको छ । एक हातले ताली बज्दैन एक पाङ्ग्राले रथ गुड्न सक्दैन भन्ने उदाहरण पनि तिमी र मेरो मस्तिष्कमा अट्ल अवस्थामा नै रहेको थियो ।
यसै प्रक्रियालाई उचाइमा पुर्याउन आधा आकास, आधा धर्ती चलायमान गराउने नारी तिमी माथी विभिन्न बाचा, सत्य कसम, भरोसा, विस्वासका साथ काल्पनिक र यथार्थपरक स्वप्निक बाचा कसम खादै तिमी र म बिच निकै नजिकको अन्तरजातिय प्रेम सम्बन्ध कायम भएको थियो ।
तिम्रो त्यो पुर्णिमाको जुन जस्तो सुन्दररुपी अनुहार कोकाकोला र जेरो फिगर जस्तो चिटिक्क छिनेर मिलेको जिउडालले मलाइ क्षण क्षणमा झस्क्याउने गर्दथ्यो । बिपना र सपनामा तिम्रो प्रतिविम्ब लाखौ पटक स्मरण स्वभाबिक थियो ।
तिम्रा ती ३२ लक्षिण गुणले भरिपुर्ण व्यवहार र मेरो लालित्य स्वाभावले माया, ममता, स्नेहको बाचा बन्धनमा डाेराउदै जिन्दगिको सहयात्रामा निरन्तर साथ दिने, संगै बाच्ने, संगै मर्ने, एक अर्का बिना यो संसारमा जिउन नसक्ने भन्दै खाएका कसम र बिताएका ती अविस्मरणिय पलहरु कति मिठा थिए ।
तिम्रा ती सुन्दर नयन, स्वर्गकी परिको जस्तो मुहार संगै शरीरमा सुमसुमाउदै संगै उठबस गरेका दैनिकिहरु, तिम्रो म प्रतिको ब्यवहार मायारुपी बन्धनको जालो एक अर्का बिच निकै झाङ्गिएको थियो । एक अर्काले कुनैदिन नदेख्यो त मनमा भुकम्पको जस्तो कम्पन पैदा हुन्थ्यो ।
तैपनी समय र परिस्थितिले अनुकुल वातावरण मिलाए कै थियो र आपसी अन्तरसम्बन्ध प्रगाढ बनिरहेको थियो । समयले पनि निकै लामो कालखण्ड पार गरिसकेको छ । त्यो प्रेमरुपि खण्ड यथार्थको मार्गदर्शनमा परिणतको लागि पटक पटक तिम्रो प्रस्ताव नआएको पनि होइन । तैपनी म प्रेमरुपि भावनामा डुबुल्की खेल्दै अनुकुल समयको प्रतीक्षामा थिए ।
समुन्द्रको बिचभागमा तिर्खाको प्यास मेटाउनको लागि अमृत खोज्दै थिए । तिमी अमृत थियौ त जिन्दगी आजिवन रहन्छ भन्ने भरिपुर्ण विस्वास पैदा भएको थियो । यथार्थ परक जिन्दगीको सुरुवात प्रेमरुपी संघर्ष र कठोर यात्राबाट स्थापित भएको थियो ।
यसै माथी समाजले हेर्ने त्यो दृष्टि र समाजका सदस्यहरुले तिमि र मेरो सम्बन्धमा गर्ने शङ्का आशङ्काले विभिन्न सामाजिक समस्याहरु उत्पन्न गर्दै मेरो घरमा परिवारिक मन-मुटाव समेत पैदा गराएको थियो । तैपनी सामाजिक बन्धनको तिरस्कारलाई पाखा लगाउदै एक अर्काको सम्बन्ध ऐतिहासिक र नमुना बनाउदै थियौ ।
तिमि र म बिच कुनै दिन कुनै विषयमा कटुतापुर्ण व्यवहार आवेग र सम्बेग पनि उत्पन्न भएको थिएन । केवल भए त माया र प्रेमका कुरा मात्रै, समयले पटक पटक संगै बस्ने, हास्ने र लामो समयसम्म रात बिताउने मौका पनि मिलाइ रहेको थियो । तिम्रो परिवारिक अभिभावकले हेर्ने दृष्टि पनि सकारात्मक नै थियो ।
विवाहपछि हुने विभिन्न सन्तुस्टिका ईच्छा र आकङ्क्षाहरु तिमिबाटै प्रस्तावमा परिणत हुँदै अनुभव भैसकेका थिए । तैपनी समाजको परम्परा अनुसार मुलत प्रमाणिक शब्द सस्कृतिमा परिणत भएको थिएन । शब्दमा परिणत हुन बाकी अवस्थामा थियो । तिमिलाइ नौमती पन्चेबाजा संगै हाम्रो घरमा बेहुलिको रुपमा भित्र्याउने मेरो सपना थियो ।
मेरा बाबू आमाको फरक इच्छा र भित्रीने तिम्रो उद्देश्य आज गन्तब्य बिहिन यात्रुको यात्रा जस्तो हुँदैछ भनेर म कसरी भनौ म तिम्रो लागि घाती र पागल प्रेमी हुन सक्छु किनकी आज म यस्तो दोसाधको चक्रव्युमा फसेको छु, मेरो मनमा हजारौ असहिय बेदनाका पिडाहरु सृजित भएका छन ।
तिमी बुज्ने प्रयास गर म शब्दमा कसरी प्रकट गरु मेरा नयनबाट आसुको भेल बग्दै शरीर कम्पित छ । तिमी र म बिचको प्रेम सम्बन्ध कक्षा ११ मा पढ्दा (२०६७) देखि निरन्तर उच्च शिक्षा हासिल तथा मास्टर डिग्री पूरा गर्ने समय र वर्तमान अवस्था (२०७८) सम्म आइपुगेको थियो ।
म ब्राह्मणको छोरो तिमी मगरकी इमान्दार निष्ठा भएकी छोरी थियौ । तिमी र म क्याम्पसको क्यान्टिनमा (थुप्रै साथिहरु) बिचभएको पहिलो भेटबाट प्रभावित हुँदै तिमी नै स्वयम् प्रेम प्रस्ताव मोबाइल फोनबाट स्मरण भएसम्म रातको करिब ११:३० बजेतिर राखेकी थियौ । जुन प्रस्ताव म सहजै स्विकार गरेको थिए ।
बदलिदो समाजको पुरानो कुरिती, विसङ्गती, अन्ध विस्वास, परिवर्तन गर्नु समाजमा अन्तरजातिय विवाह गरि एक उदाहरणको सफल जोडि बन्दै जातियता समानताको शन्देस दिनु मुख्य उद्देश्य थियो । तर आज त्यो बाचा संगै लक्ष्य र उद्देश्य पूरा गर्न सकुला जस्तो छैन ।
त्यसैले म अन्तिम प्रेम बिच्छेदको प्रस्ताव अन्तिम प्रेम पत्र मार्फत तिमी सामु राख्दै छु । त्यसैले सहज साथ स्विकार गर्नु किनकी मेरो यो (पिडामा छटपटिदै बाध्यता तथा हासो र आसुको रोदन बिच दिएको) अन्तिम प्रस्ताव हुने छ । किनकी आज मलाइ घरमा आफ्नै जातियतामा बिवाहको प्रेसर दिइदै छ ।
हुन पनि हो कुलको छोरी मुलको पानी भन्छन, भन्दै घरमा मलाइ सम्झाउने गर्नुहुन्छ । म सबै आदर्श दर्शन संगै समाज र समुदायको भित्रि रङ्ग बुजेको व्यक्ती भएको नाताले यो अभिलासा तोडन सक्थे तर समाजमा अनेकौं प्रकारका अन्तरजातिय सम्बन्ध संगै विवाह देखेको छु ।
जस्मा ९८% भन्दा बढी प्राय असफल भएका छन । परिवारिक मनमुटावको कुरै छोडौ आफ्नो पुरानो घरायसी कुलबाट निस्काशीत गरेका उदाहरण पनि हाम्रै समाजमा प्रसस्तै छन । त्यसैले म भन्ने गर्थे यो सबै आज्ञानताको उपज हो । रुणिबादी समाज र सस्कारको प्रतीक हो । तर वास्तवमा यस्को गहिराइ यथार्थमा परिवर्तन गरि केही वर्ष बिताएको जोडिलाइ मात्र थाहा हुन्छ रे ।
यस्तो कुसंस्कारमा हाम नफाल्नु भन्दै मेरो आत्मिय तथा सहपाठी सुख दुखको मित्र लोकेस घरमा आइ मलाइ अन्तरजातिय प्रेम र विवाह रोक्न आग्रह गर्दै कथा सुनाउदै गए । किनकी उनको पनि गाढा प्रेममा फस्दै अन्तरजातिय बिवाह भएको थियो । तसर्थ म झस्कदै सोच्न बाध्य भए ।
किनकि भबिस्यमा आपसी खटपट र सम्बन्ध बिच्छेद सम्म पुग्नु भन्दा वर्तमान मै केही क्षणलाई पिडादायी भएतापनी सहज तरिका र यो विधि तर्फ प्रेरित भएको हु । भन्दै गर्दा पनि मेरो मनले कहाँ मान्न सकेको थियो र तैपनी बारम्बार परिवारिक चापका कारण चेपिन पुगेको छु ।
सायद मलाई उचित निस्कर्समा पुग्नु ज्वालामुखि बलास्ट पछिको दुखको क्षण जस्तो लागेको छ । किनकी अर्को तर्फ गम्भीर अवस्थामा सोच्न विवस भए । आमाले नौ महिना कोखमा राखी जन्म दिनु भयो । आमा बाबुको कडा मिहेनत जनतन दुख सुख गरि यहाँ सम्म ल्याउनु भयो । अहिले सरकारी कर्मचारी भएको छु ।
यो परिवर्तनसिल विश्वमा उच्च शिक्षा हासिल गराई सभ्य र एक सक्षम छोरा बनाउनु भयो । मेरो उज्वल भबिस्य र सत्य मार्ग दर्सनको लागि दाजुले विदेसि खाडिको मरुभुमिमा पसिना बगाउनु भयको थियो । आज यो बुडेसकालसम्म पर्खेर बसेका बाबू आमाका सुनौला इच्छा, चाहना हुनु स्वभाविक हुन ।
त्यसैमा अन्तरजातिय विवाहमा रोक, त्यसैले बाबू आमा र दाजुलाइ आसुको भेलमा पौडी खेलाउदै इच्छा बिपरित लाग्नु मैले जायज ठानिन किनकी मेरा आमा बुवा र दाजु भगवान हुन । बुवा आमाको आशिर्वाद अपरम्पार छ । त्यसैले म यहि निर्देसमा चल्नु पर्छ ।
म (यस संसारमा जन्म लिदै आँखा खोल्दा पहिलो पटक आमालाई देखेको थिए । तसर्थ मेरो पहिलो माया आमा संग बसेको छ ।) विशेष गरि आमा बाबुको वचन पछिल्लो समयमा तोडन नसक्ने भएको छु । म सफल हुनु र यो उपलब्धी हासिल गर्नुको श्रेय उर्जा र प्रेरणाको स्रोत आदरणीय आमा बाबू र दाजु नै हनुहुन्छ ।
त्यसैले म बुवा आमाको निर्देशन र सबै परिवारको निर्णय आफ्नो जातिय लगामको निसानामा उभिनु पर्छ । किनकि पुस्तौ देखिको चालचलन, रितिरिवाज सस्कृती जातियता अनुसार फरक फरक हुने गर्दछन । त्यो निरन्तरता भङ्ग गराउदा वर्तमान अवस्थामा उदाहरणको हङ्गामा हुन सक्छ । तर त्यो हाम्रो समाज जतिसुकै आधुनिक भएतापनि दिर्घकालिन प्रतिफल सकारात्मक भन्दा पनि नकारात्मक बढी मात्रमा प्राप्त हुने मैले ठान्न विवस भए ।
त्यसैले म एक कदम पछि हटि आफ्नो सृष्टिलाई निरन्तरता दिनु उचित ठानेको छु । त्यसैले तिमी पनि नयाँ जमना र नेपाल आमाकी एक असल छोरी हौ । तिम्रो पनि आफ्नै जातियतामा ठुलो संसार छ । आफ्नै प्रतिष्ठा इज्जत संगै शैक्षिक योग्यताको ठूलो चारित्रिक प्रमाण पत्र छ ।
त्यो कदर आफ्नै सस्कार र सस्कृतिमा परिवर्तन हुन सक्यो भने जिवनमा खुसिको ठूलो उपलब्धी हुन सक्छ । विवेकशील असल बन्दैमा आफ्नो परम्परा तोड्नु जायज जस्तो मलाइ लाग्दैन किनकी म पनि पछिल्लो समयमा केही सोच्न बाध्य हुँदै यो निष्कर्ष निकाल्न अन्तिम निर्णय गरेको छु ।
परम्परा र अन्धबिस्वासलाइ अङ्गालेको चाहिँ कदापी होइन । म आफ्नो पुस्तौंदेखिको इमान जवानलाइ बचाउनका लागि आफ्नै अभिभावकको लगाममा दिशा निर्देश भएको मात्र हो । परिवर्तित समय भएतापनि सबैका लागि यहि प्रकृया तथा निचोड उत्तम र सर्बब्यापी मान्य अवस्थामा रहेको जस्तो मलाइ लागेको छ ।
मैले जातियता विरुद्ध आच पुर्याउन खोजेको पनि होइन । निच र तल्लो तहमा राखेर अपहेलना गरेको पनि छैन । पुर्खा र अग्रजले अनुसरण गरेको असल विसङ्गती र विकृति रहित हामी माझ रहेको अलौकिक र भौतिक सृष्टिको अनुसरण गरेको मात्र हो । म दोसि र निर्दोष हु । त्यो सजाय अदालतले फैसला गरेको खण्डमा भोग्न तयार छु ।
मेरो यो अन्तिम निर्णयले तिमी मृत्यु भन्दा अन्य उपायहरु दृस्यावलोकन गर्न र अन्य उपाय अपनाउन नसकौली तैपनी गम्भीर भएर सोचे तिमी पनि विवेकलाइ अङ्गालेर उच्च शिक्षा हासिल गर्दै सरकारी गलको फाटमा असल कर्मचारी बन्दै हजारौ प्रतिभा उत्पादन गरेकी छौ ।
किनकी मलाइ धेरै पटक अन्य जटिल पतिस्थितिमा धैर्यताको पाठ सिकायकी थियौ । अहिले तिमिले त्यही पाठ अनुसरण गर्दै मुलत ब्यवहारमा परिणत गर भन्दै मेरो मनमा अन्तिम निर्णय बोधको यस्तो जटिल मोडको अकल्पनीय सोचाइ उत्पन्न भएको छ । यो अवस्थामा म तिमी संग कसरि माफी मागु कसरी तिमी माफी दिन्छेउ पनि तिम्रो र मेरो सम्बन्धमा आज यो पापी भगवानले किन सदाको लागि बिदालिन आग्रह गरेको छ ।
मलाइ थाहा हुन सकेन र हुदैन पनि । तिमिलाइ अचम्म लाग्न सक्छ पागल प्रेमी हुँदै मानसिक सन्तुलन गुमाउनुको अवस्था सृजना नहोला भन्न सक्दिन किनकी (सच्चा मायाको बिछोड पछिको प्रारुप उदाहरण हो) किनकी म तिमिलाइ छोडि यस संसारबाट सदाका लागि नयाँ जीवन सङ्गिनी रोज्दै छु ।
तैपनी आज अन्तिम प्रेम पत्र लेख्दै छु बाकी जिन्दगी राम्रो संग बिताउनु, पुरानो दैनिकी पटक पटक स्मरण गरिरहनु, मबाट भएका गल्ती कमि कमजोरीहरुलाई सहजताका साथ माफ गर्नु बिगत र वर्तमानमा जस्तो भएपनी हासी खुसी रहनु, भोलि मेरो विवाह मण्डपमा नयाँ युगल जोडिलाइ बधाइ, सुभकामना दिन र रात्री भोजनको निमन्त्रणा गर्दै सदाका लागि यस संसारबाट प्रेम बिच्छेदको अनुमती माग्दछु ।
माफ गरिदेउ मेरि मुटुकी टुक्रा तिम्रो हुन र यस संसारमा अन्तरजातिय युगल जोडि हुन सकिएन बाध्यता र विवसताले दिएन पनि तिम्रो र मेरो अर्को जुनिमा स्वर्गमा भेट हुने बाचा गर्दै तिमिले नै खिचिदिएको तस्बिर पृष्ठ भुमिमा छोडदै बिदा हुदैछु, सदाका लागि कहिल्यै प्रेम सम्बन्धमा नफर्किने गरी ।
माथि उठान गरिएको विषय वस्तु समाजको नितान्त फरक र यथार्थपरक भएतापनि मेरो काल्पनिक कथा वस्तु हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend