logo
  • शनिबार, भाद्र २० २०८३

काेराेना भयावह हुँदापनि किन गुपचुप सरकार ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-देवजल ठकुरी ।
यतिबेला देश काेराेना कहरबाट प्रताडित छ । गतवर्ष दुई जना व्यक्तिमा काेभिड देखिदा देश थप्प थियाे तर अहिले परिस्थिति बदलिँदो छ । हिजाे महाशुन्यमा मडारिने ती काला बादल आज झन् दानवी रूप ग्रहण गरि हरेक दिन निर्दाेष मानिसकाे हत्याकाण्ड मच्चाएर ताण्डव नृत्य प्रस्तुतिमा ऊ एक कदम अघि बढेकाे छ ।

एक हप्ता अगाडिको अवस्था र आजकाे अवस्था तुलना गर्नै नसकिने गरि फेरिएको छ । यसका मुख्य कारण निम्न देखिन्छन् । छिमेकी देश भारत काेराेनाकाे इपिसेन्टर बन्नु, हजारौं नेपाली स्वदेश फर्कनु, नाकामा कुनैखाले जाँचबुझ नगर्नु सामाजिक दुरी कायम नगर्नु ।

माक्स र सेनिटाइजरकाे प्रयोगमा कमि भीडभाड, मेला गाेष्ठी जुलुस भेला आयाेजना गर्नु, यी मुख्य कारण भएपनि अरू थुप्रै अन्य कारण हुन सक्छन् ।

नेपालका छिमेकी मुलुकमध्ये भारत सबैभन्दा दुखदायी अवस्थामा छ । अस्पताल युद्वमैदान बनेका छन् । दैनिक साढे तीन लाख भारतीय जनता काेभिडका शिकार बनिरहेका छन् र हजारौंको ज्यान गएको मात्रै छैनकि परिवारकाे विल्लवाट भएकाे छ । विरामी बढेपछि अस्पतालका वेडहरू भरिभराउ, शव दाहसंस्कार गर्ने कुनै ठाउँ बाँकी छैन ।

दिल्ली, महाराष्ट, चेन्नईकाे हालत झन खराब बन्दै गएकाे छ । यसबाट लाखौं नेपाली प्रत्यक्ष प्रभावित भइरहेका छन् ।उनीहरूका ती कारूणिक र दर्दनाक अव्यवस्था सामाजिक संजालमा देख्दा सबैकाे एकपटक आखा रसाएकै हुनेछन् ।

यस्ताे महासंकटबाट गुजि्रएको भारतकाे छेउमै अविस्थत नेपाल जस्तो गरिब मुलुका लागि याे भन्दा पीडादायी क्षण अरू केही हुन सक्दैन् । आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनताको स्वास्थ्य भन्दा ठूलाे अर्थतन्त्रको हवाला दिदैँ लकडाउन लक्षित कुनै कार्यक्रम नआउने जनाएका छन् ।

सिसिएमसीकाे बैठकले देशभरका परीक्षा रद्व गर्ने कार्यक्रम सार्वजनिक गरेकाे भएपनि गत बर्ष जस्ताे सकृयता न स्थानीय सरकार न प्रदेश सरकार न संघीय सरकार यसपटक सार्है फितलाे उपस्थितिले भविष्यमा आउने भयावह स्थितिबारे नजरअन्दाज गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend