logo
  • शनिबार, साउन ३० २०८३

बुद्धजयन्ती नेपाल र नेपाली समुदायमा यसको महत्व


  • केशव खनाल
  • शनिबार, साउन ३० २०८३

– केशव खनाल ।keshav khanal
बिगतका बर्षहरुमा जस्तै यस बर्षपनी नेपालका राष्ट्रिय बिभुती शाक्यमुनी महापुरुष भगवान गौतम बुद्धको २५६० औ जन्म जयन्ती नेपाल तथा नेपाल बाहिर पनी भब्यताका साथ बडा तामझामले मनाउने तयारी भई रहेको हामी सबैलाई ज्ञात नै छ।२६०० औ बर्ष पहिले नेपालको कपिलवस्तु, लुम्बिनीमा (हालको रुपन्देही) बैशाख पुर्णिमाको दिन उहाको जन्म भएको थियो, भने सोही दिनलाई बुद्ध जयन्तिको रुपमा बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रमका साथ विश्वभरी मनाउदै आईरहेका छन। पछिल्लो समयमा आएर नेपालिहरुले पनि यस दिनलाई बिश्वब्यापी रुपमै मनाउने जमर्को गरेको देखिन्छ ।
Lumbini_buddhaimage
भगवान् गौतम बुद्ध भन्ने बित्तिकै बिश्वभरिका सबै मानबजातिको मनमा शान्ती, अहिंसा र अबश्यपनी उहाँप्रति श्रद्धाको भावना पैदा हुन्छ।नेपाल र नेपालिको सन्दर्भलाई जोडने हो भने, बुद्ध जयन्तिलाई हाम्रो राष्ट्रिय पर्बका रुपमा स्थापित गरि शान्ती, अहिंसा, दया, माया र प्रेमको वात्सल्यात्मक संदेश बिश्वलाई दिदै हामी नेपालिहरुले बिश्वब्यापी रुपममै मनाएर हाम्रो अस्तित्व सहितको राष्ट्रिय एकतालाई बलियो बनाउन सकिन्छ । साथसाथै अझ फरक तरिकाले हेर्दा विविध कला तथा संस्कृतिको धनी देश नेपालले अर्को छुट्टै परिचय ” बुद्धभुमी ” को रुपमा पाई बिश्वकै ध्यान खिच्न सफल पनि हुनुपर्दछ। जसले गर्दा नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गर्नुको साथै नेपालको आर्थिक बिकासमा मेरुदण्ड बनेर रहिरहनेछ।

यद्यपि, देशका पछिल्ला राजनैतिक घटनाक्रम हेर्दा राजनैतिक स्थायित्व कमजोर हुनुको फाइदा उठाउदै नेपालभित्र बढदै गएको बाह्य राजनैतिक हस्तक्षेपले हामिलाई पनि कमजोर र अति निरीह बनाउनुका साथै हाम्रा प्राचिनकालखण्ड देखिका एतिहासिक धरोहर र पुरात्वात्विक सम्पदा एबम राष्टका गहनामा ठाडै धावा बोल्दै राष्ट्रिय अस्तित्व र स्वाभिमान धरापमा रहेको यो बिकराल स्थितिमा फरक तरिकाले फेरिपनी बुद्ध र बुद्धभुमी नेपालको अस्मिता एबम अस्तित्व जोगाउदै बिश्वलाई नया तरिकाले शान्ती, दया, माया र अहिंसाको संदेश दिनुपनी अपरिहार्य भैसकेको छ।

अझ विशेष गरेर ब्याक्तिबादी राजनैतिक चिन्तन, स्वार्थीक लुटतान्त्रीक राजनैतिक नेतृत्व भारतमा नक्कली कपिलवस्तु बनाइदा र पाठ्यसामग्री एबम पाठ्यक्रममा समेत बुद्धको जन्म भारतमा भएको शिक्षा दिइदा समेत मुक दर्शक बन्ने र सोही शक्तिले नेपालको संबैधानिक परिषदभित्र ” नेपाल बुद्धको भुमी हो” भनेर सम्झाईदिदा हामिले ताली पिटनुपर्ने अबस्थालाई चिर्दै हामी नेपाली राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै जो जहाँ छ सोही ठाउँबाट एक भइ उर्जाशिल एक्यवद्धतात्मक रुपले बिश्वलाई बुद्ध हाम्रै रहेको र हामिले हाम्रा बिभुती आफै चिन्न सक्ने र बाह्यशक्तिले सम्झाईदिन नपर्ने प्रत्याभूति गराउदै सकारात्मक संदेशकासाथ गोलबद्ध हुनकालागी पनि बुद्ध जयन्ती मनाउनु नेपाल र नेपालिकालागी उत्तिकै महत्त्वपूर्ण छ।

शान्ती क्षेत्र नेपालको शान्त हामी र हाम्रो लोक नेपाल र नेपालिको अर्को विशेष परिचय हो। आखिर जिबनमा जति नै सफलता प्राप्त गरेपनी यदि मन र आत्म शान्त छैन भने जीवन सुखमय हुन नसक्दो रहेछ भन्ने तथ्य अहिकेको बैज्ञानिक युगमा अझ बढी महशुस भैरहेको छ । अहिले हरेक मानिसले प्रतिस्पर्धात्मक जीवन शैली अबलम्बन गरिरहेको अबस्थामा मानबता हराएर गएको पाउछौ।

मानवता हराउनु भनेक अशान्ती बढनु हो। जसले जीवनका साथसाथै संसारलाई पनि नष्ट बनाउछ। त्यसैले भगवान गौतम बुद्धको संदेश हाम्रो जगतमा मानव कल्याणको माध्यम बनेको छ। यसर्थ बुद्धजयन्ती मनाउनु भनेको मानव हितकालागी कल्याणकारी कदम चाल्नु पनि हो।

अत: यसको प्रतिनिधि पात्र नेपाल र नेपाली हुनु भनेको बिश्वमा गर्वित पहिचान स्थापित गर्नुपनी हो। यसर्थ यसको महत्त्वको मनन गर्दै विषम परिस्थितिको घडी नै भएपनि सम्पुर्ण नेपाली एकढिक्का भई संसारभर शान्तिको संदेश दिदै बुद्धजयन्ती मनाउनु आबश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend