साझा नेटवर्क
-प्रेम सुनार, गुल्मी ।
आज भन्दा १२ बर्ष अघि मैले सामाजिक सञ्जाल ब्लग र अनलाईनमा न्युज लेख्दा फेशबुके पत्रकार भनेर रेडियो , टेलिभिजन र पत्रिकामा काम गर्ने पत्रकारहरुले होच्याउने गर्दथे । म मान्छे पुरानो भए पनि नयाँ प्रविधिको महत्व मैले बुझेको थिएँ र निरन्तर लेखि रहें ।
जसका कारण गुल्मीको सबै भन्दा पुरानो अनलाईन मिडिया गुल्मीन्युज डटकम र हाल साझा नेटवर्क डटकमको टिमसंग जोडिदै आएको थिएँ । यी दुई अनलाईनहरुले र गुल्मी दिगाम सेरोफेरो ब्लगले मेरो रेडियो कार्यक्रम ओझेलका खबरलाई पनि बिश्वप्यापी बनाई दिएको कुरा मैले कहिल्लै भुल्न सक्दिँन ।
आज आईतबार साझा नेटवर्क मिडिया प्रा.लिले गुल्मीको सदरमुकाम तम्घासमा एक समारोहका बिच पुरानो सहकर्मीका हैसितयतले मलाई सम्मान गरेकोमा आभार प्रकट गर्दछु र उत्तरोत्तर प्रगतिका लागि शुभकानाा व्यक्त गर्दछु ।
मलाई थाह छ आज भन्दा १०/ १२ बर्ष अघि धुर्कोट गाउँपालिका २ पिपलधाराका हिमशिखर रसाईली लगायतका साथीहरुले भारतबाट गुल्मीन्युज ब्लग डटकम सञ्चालन गर्नु हुन्थ्यो । त्यस्तै अर्खलेका मित्र कुमार अविरल पन्थीले कतारबाट रेसुङ्गा दर्शन ब्लगस्पोट डटकम सञ्चालन गनु हुन्थ्यो । लगत्तै त्यो टिमले हाम्रो गुल्मीन्युज डटकम सञ्चालन गर्यो ।
कुमार अविरलजीले फेरी गुल्मी टाईम्स डटकम चलाउनु भयो । क्रमशः यी दुई अनलाईनहरुलाई सन २०१३ को अन्त्यतिर मर्ज गरियो र साझा नेटवर्क डटकम (साझा नेटवर्क मिडिया प्रालि) बनाएर सञ्चालनमा ल्याईएको छ ।
यस अवसरमा दशौं वर्ष अघि देखि मिलेर काम गर्नु भएका मित्रहरु सल्लाहकारद्वय सुरेन्द्र मल्ल, हिम शिखर रसाईली, प्राविधिकक सल्लाहकार विनोद भट्टराई, संस्थाका अध्यक्ष केशव कँडेल, सचिव चक्र चन्द, कोषाध्यक्ष टेकराज थापा, प्रधान सम्पादक कुमार अविरल पन्थी, सम्पादक दिपक खनाल र महिला सदस्य मनिकला महतराज्युलाई सम्झीना चाहन्छु र तपाईहरुको क्रियाशिलतालाई उच्च सम्मान प्रकट समेत गर्दछु ।
यस अनलाईनमा स्वदेश र विदेशमा रहेका थुप्रै सञ्चारकर्मी साथीहरुले अहोरात्र खटेर काम गर्नु भएको छ । उहाँहरुले विदेशमा दुख गरेर कमाएको पैसा यसै मिडियामा खर्चेर यहाँ सम्म ल्याई पुराएको तथ्य पनि हामीले बुझेका छौं ।
अहिले दिन प्रतिदिन अनलाई मिडियाको महत्व बढेको छ । चाहे रेडियो, टेलिभिजन वा पत्रिका होस । उसको वैभ साईड छैन भने मिडिया नै होईन भन्ने जस्तो बनेको छ । हिजो हामीलाई फेशबुके पत्रकार भन्नेहरुले नै अहिले पत्रिकामा छापिएको र रेडियोमा बझेको समाचारलाई लौन त्यो न्युज तपाईको अनलाईनमा छापी दिनुस न भनेर आग्रह गर्न थालेका छन ।
यसर्थ अनलाईन मिडिया सञ्चालन गर्नु हुने समस्त सञ्चारकर्मी र अग्रज पत्रकारहरुले आ–आफ्नो अनलाईनलाई अझ सशक्त, जिम्मेवार र विश्वसनिय बनाउन लाग्नुहोस भन्ने आग्रह गर्दै साझा नेटवर्क मिडिया प्रालिले आज म सहित गुल्मीका अन्य पत्रकार साथीहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासीनी, संस्थाका अध्यक्ष केशव कंडेल सल्लाहकार हिमशिखर रसाईलीको हातबाट सम्मान-पत्र प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै आगमी दिनमा पनि यस मिडियालाई सहयोग गर्ने प्रतिवद्धता जनाउदछु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend