साझा नेटवर्क
चैत २९,रुपन्देही –रुपन्देहीमा बसले मोटरसाइकल लाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकल लाई आज बिहान सालझण्डीमा ठक्कर दिएको थियो ।
बसको ठक्करबाट प्युठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षका सञ्जय खनाल र वडा नम्बर १ आहालेका फिरोज केसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend