साझा नेटवर्क
साझा नेटवर्क,२५ चैत ,प्युठान। प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend