साझा नेटवर्क
साझा नेटवर्क, कतार चैत २१ ।
नेपाली जनसम्पर्क समिति कतारको नवनिर्वाचित कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले कार्यसमिति विस्तार सल्लाहकार समिति गठन, सचिवालय समिति गठन र विभागीय प्रमुख र सदस्यहरूको चयन गरेको छ । हिजो ३ अप्रिल शुक्रवार सम्पन्न भर्चुअल बैठकले भावी कार्ययोजना सहितका विभिन्न निर्णयहरू गरेको हो ।

समितिका सभापति मोहम्मद अजिज अलीको सभापतित्वमा सम्पन्न उक्त बैठकको संचालन महामन्त्री केदार भुसालले गर्नु भएको थियो । बैठकले कार्यसमितिको सदस्यहरुमा कमल अर्याल, अम्बिका खत्री र सबिन्द्र श्रेष्ठ गरेर ३ जना मनोनित गरेको छ। त्यसै गरी निवर्तमान कार्यवाहक सभापति शंकर न्यौपाने प्रमुख सल्लाहकार सहित भूपति भट्टराई, धिरज चामलिंङ राई, मोहम्मद शाकिर अली, अर्जुन खड्का, धन बलायर र राकेश श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
बैठकले विभागीय प्रमुख संयोजक र सदस्यहरू पनि चयन गरेको छ । अनुशासन, अनुगमन तथा मुल्यांकन बिभाग प्रमुखमा संस्थापक सभापति नरेन्द्र भाट, पेशागत तथा बुद्दिजीवी विभाग प्रमुखमा संस्थापक प्रमुख सल्लाहकार बद्रि पाण्डे, विशेष समन्वय विभाग प्रमुखमा संस्थापक महामन्त्री विमल सुवेदी, प्रशिक्षण विभाग संयोजकमा संस्थापक सल्लाहकार क्रान्ति सिंह, संगठन विभाग प्रमुखमा सभापति मोहम्मद अजिज अलि, श्रमिक विभाग संयोजकमा उपसभापति ठाकुर परियार त्यस्तै सदस्यमा कृष्ण पन्थी, तिलकराम घिमिरेलाई चयन गरेको छ ।
त्यसगरी संघसंस्था समन्वय बिभाग संयोजकमा उपसभापति राम कुमार मण्डल, सदस्यमा रामेश्वर मण्डल, साहित्य एवं साईबर विभाग संयोजकमा उपसभापति अर्जुन चापागाई, सुचना तथा प्रचार प्रसार विभाग संयोजकमा महामन्त्री केदार भुसाल, सदस्यमा दिपजंग शाह र वाहिद अलि, युवा विभाग संयोजकमा महामन्त्री अबु अलि, सदस्यमा बिकाश भुजेल र इशिलाल पण्डित, महिला विभाग संयोजकमा केन्द्रीय सदस्य अम्बिका खत्री, संस्कृतिक विभाग संयोजकमा प्रदेश संयोजक सुमन भारती, सदस्यमा बसन्तराज पुरी, खेलकुद विभाग संयोजकमाप्रदेश संयोजक शेख हनिफ़ मियाँ चयन भएका छन ।
बैठकले कोषाध्यक्ष केदार शर्माको संयोजकत्वमा तिन सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन पनी गरेको छ । सह-कोषाध्यक्षमा महेश्वर मण्डल, सदस्यमा अनुप जोरा र रामु रेग्मीलाई चयन गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्रि नबिन्द्र राज जोशी र संबिधान सभा सदस्य लक्ष्मी देवी भण्डारी ज्यु लगायत हालसालै निधन भएका सम्पूर्ण कांग्रेसका नेताहरूको निधन प्रति १ मिनट मौनधारण गरी सुरु गरीएको बैठकले सोक प्रस्ताव पनी पारित गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend