logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा अनेम संघको गठन संगै ४ जना एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल,गुल्मी भदौ ११।

नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ दोहली गाउँ कमिटिको पुर्नगठन भएको छ । नव गठित अनेम संघ दोहली गाउँ कमिटीको अध्यक्षमा कमला अधिकारी निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा ज्ञानी काकी, सचिवमा तारा अर्याल र उपसचिवमा पम्फा बस्नेत रहेका छन् ।14089067_325021184498108_675614565142817876_n

कमिटीमा २५ सदस्य निर्वाचित भएका छन् । सदस्यहरुमा गीता अर्याल, बसन्ती अर्याल, सिता अर्याल, मञ्जु घर्ति, कमला खड्का, फुलमाया बस्नेत, रिता बस्नेत, राधिका बस्नेत, तुल्सा थापा रहनुभएको छ । त्यस्तै रचना जिसी, हुमकला जिसी, गोविन्दा गुरुङ्ग, तुल्सी खत्री, गिता जिसी, मिना खड्का, कुमारी हितान, कालिका रेश्मी, सुमित्रा खत्री र जानकी खनाल रहनु भएको छ ।14054157_325021384498088_6060925247671187281_n

कार्यक्रममा दोहली वडा नं ५ निवासी तारा अर्याल, बसन्ती अर्याल, फुलमाया बस्नेत र दोहली ६ निवासी इन्द्र बहादुर दर्लामी विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । नव गठित अनेम संघका पदाधिकारीलाई धन्यबाद एवं पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै एमाले जिल्ला सदस्य लक्ष्मण बिष्टले एमाले प्रतिको जनआस्था अझै बढ्दै गएको बताए।14054942_325021891164704_1503032559107217828_n

उहाले नवनिर्बाचित अनेम संघ दोहली गाउँ कमिटीले जिल्ला कमिटीले अनुसरण गर्न योग्य काम गर्न आग्रह गर्नुभयो । कमिटी सवै पदाधिकारी तथा सदस्यहरुलाई बिष्टले पद तथा गोपनियताको सफत समेत खुवाउनु भएको थियो ।कार्यक्रममा स्थानीय निकाय जिल्ला कमिटी सदस्य चुरा बिष्टले अनेम संघको स्थापना, यसको आवश्यकता र अहिलेको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रेस चौतारी जिल्ला सहसचिव टोपलाल अर्यालले सामाजिक विकासमा महिलाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले सवै महिलाको पक्षमा उभिएर काम गर्न नयाा कमिटीलाई आग्रह गर्नुभयो ।14067590_325021351164758_6622798779077401307_n

साथै भेलामा एमाले क्षेत्रिय सदस्य राजु बस्नेत, गाउा कमिटी अध्यक्ष बिष्ण सुनार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नयाा कमिटीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा भदौ २५ गते बृहत तीज गित प्रतियोगीता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend