साझा नेटवर्क
पाल्पा, भदौ ११ ।
नेकपा एमाले देविनगर गाउँ कमिटीको १० औं गाउँ अधिवेशन देविनगर पाल्पामा सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष तुल बहादुर सिंजालीको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव ओम बहादुर घर्ति मगर र विशिष्ट अतिथि पूर्व जिल्ला कमिटी उपाध्यक्ष नारायण प्रसाद आचार्य हुनुहुन्थ्यो ।

गाउँ कमिटी अधिवेशनले बल बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नेकपा एमाले देविनगर गाउँ कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमश शेर बहादुर गाहा, भुवन सिंजाली र भगवती राना रहनुभएको छ ।
अधिवेशनमा एमाले जिल्ला कमिटी सदस्यहरु इश्वरी प्रसाद न्यौपाने, कमलादेवि श्रेष्ठ, क्षेत्रिय सदस्य रिम प्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव रामप्रसाद ढकाल, अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष जिवन आचार्य, एमाले इलाका नं. ४ सचिव यम बहादुर खत्री लगायतले आ–आफ्नो मनतव्य तथा शुभकामना राख्नुभएको थियो ।
गाउँ कमिटी सदस्य शेर बहादुर गाहाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव बल बहादुर थापाले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend