साझा नेटवर्क
दिलीप पराजुली, कतार भदौ ११।
कतारलाई कर्म भुमि बनाएर नेपालका विभिन्न भागबाट आएका र दोहामा छरिएर रहेका कटुवाल बन्धुहरु लाई समेट्ने कोशिस गर्दै करिब छ महिना अघि दोहामा कटुवाल बन्धु एकता समाजको भेला गरेका थिए । उक्त प्रवासी कटुवाल बन्धु एकता समाजको प्रथम साधारण दोहाको सल्वा रोड स्थित सफारी मार्केटको नजिकै रहेको ग्रिन रेस्टुरेन्ट मा भव्यताका साथ सम्पन्न भएको छ ।

सस्थाका संयोजक गोपाल कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन आइसीसी सदस्य बिनोद भट्टराईको प्रमुख आथित्यमा रहेको उक्त कार्यक्रममा विशेष अथितिहरुमा एनआरएन आइसीसी सदस्य हंशराज ढकाल क्षेत्री, मोरंगसुनसरी सेवा समाज कतारका अध्यक्ष टि एन बराल, लोकतान्त्रिक मंचका अध्यक्ष रामहरी गैह्र, तराई मधेस लोकतान्त्रिक मंच का अध्यक्ष हुसेन खान आदि रहेका थिए ।

विभिन्न सामाजिक तथा जातीए सस्थाका मानिसहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । दिप प्रज्वलन, ब्यानर अनावरण संगै शुरु गरिएको कार्यक्रममा सीताराम कटुवालले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन गोबिन्द कटुवालले गरेका थिए । विभिन्न सामाजिक सस्थाका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा जातीय सस्थाका प्रतिनिधि गर्दै भुजेल सेवा समाजका अध्यक्ष नियम भुजेल, समाजसेवी धिरज चाम्लिङ राइ, हुसेन खान आदिले शुभकामना दिएका थिए ।
समाजसेवी चानक पोख्रेलले यो जातीय सस्थाले भाइ चाराको सम्बन्ध स्थापित होस् भन्दै कटुवाल बन्धुको बशवाली सम्म यी समाबेस हुन् सकुन भन्ने शुभकामना दिए । त्यस्तै मोसु कतारका अध्यक्ष टि एन बरालले कटुवाल बन्धुको यो साधारण सभाले प्रवासमा रहेर पनि आफ्नो जातीय सस्थाको लागि यो कार्य गरेकोमा धेरै धेरै धन्यवाद दिए । त्यस्तै लोकतान्त्रिक मंचका अध्यक्ष रामहरी गैह्रले जातीय रुपमा भन्दा भावना र नीतिगत रुपमा सहकार्य गर्दा राम्रो हुने बताए । बिशेष अतिथि हंशराज क्षेत्रीले जातीय रुपमा स्थापित भएको यो सस्थालाई बिशेष धन्यवाद दिदै कतारमा रहेर काम गर्ने कामदारले बिशेष ध्यान दिनुपर्ने कुराहरु लिखित रुपमा पढेर सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अथिति भट्टराईले राजनीतिक अधिकार भन्दा आफ्नु सस्कृतिको बिकाशमा जोड दिदै समाजमा आफ्नु सहभागिता बढाउनु पर्नेमा जोड दिदै जातीय सस्थाको रुपमा उभीरहदा कसैले नकारात्मक फाइदा नउठाओस भन्दै शुभकामना दिदै आउने नया कार्य समितीलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापति गोपाल कटुवालले सम्पूर्ण निमन्त्रित पाहुनालाई धन्यवाद दिदै यो जातीय सस्था दोन्ध निम्ताउने नभएर भाइचाराको सम्बन्ध जोड्ने बताए ।
सस्था खोल्नुको प्रमुख उदेश्य भनेको कटुवाल बन्धुहरुलाई अन्य सामाजिक संघ सस्थासँग हातेमालो गर्दै समाजमा आफ्नु पहिचान दिने मुख्य आशय भएको बताउदै कार्यक्रमको समापन संगै बन्द सत्रको घोषणा गर्दै निर्वाचन समितिलाई जिम्मा लगाएका थिए । निर्बाचन समितिका संयोजक हंशराज क्षेत्री थिए भने सदस्यमा द्रोण बस्नेत, योगेन्द्र कार्की र रेशम बस्नेत रहेको समितिले नया कार्य समिति चयन गरेका गरेका थिए । जसमा गोपाल कटुवाल को अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ ।
अध्यक्ष गोपाल कटुवाल, उपाध्यक्ष सिताराम कटुवाल उपाध्यक्ष रोहित कटुवाल महासचिब भक्त कटुवाल,सचिब गोबिन्द कटुवाल, कोषाध्यक्ष राजु कटुवाल, सह-कोषाध्यक्ष भरत कटुवाल रहेका थिए भने सदस्यहरुमा मदन कटुवाल, नर बहादुर कटुवाल, सुवास कटुवाल, मिलन कटुवाल, सन्जिब कटुवाल, मोहन कटुवाल, सुनिता कटुवाल, देवेन्द्र कटुवाल, किरण कटुवाल र देब कटुवाल रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend