logo
  • शनिबार, भाद्र २० २०८३

दुई दिवसीय तीज महोत्सवका लागि कलाकारहरु जापान आईपुगे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

संगीता कुँवर, टोकियो भदौ ११।
टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को लागि कलाकारहरु जापान आईपुगेका छन् ।
14151788_1015288698592013_1678753698_oयहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत जापान आएका हुन् ।

हानेदा एअरपोर्टमा ११ बजे ओर्लिएका कलाकारहरुलाई म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले स्वागत गरेकी थिइन् । यहि अगष्ट २८ तारिख तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा ५ बजे र ३० तारिख मेगुरो कुमिन सेन्टरमा ३ बजे दुई दिवसीय तीज कार्यक्रम हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend