logo
  • शनिबार, साउन ३० २०८३

द लर्ड बुद्धकप फुटवल प्रतियोगितामा बिग बुद्ध युवाक्लब विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उर्मिला यादव यात्री, नवलपरासी चैत १।
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा बिग बुद्ध युवाक्लब बिजयी भएको छ ।

आइतबार दिउसो भएको बिग बुद्ध युवा क्लब र बर्म भैरव युवा क्लब विचको खेलमा बिग बुद्ध युवा क्लब ३ गोल अन्तरले बिजयी भएको हो ।

बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेपछि बिग बुद्ध युवा क्लबले ३ गोल गर्दै जित हासिल गरेको छ ।

यस्तै भोलि नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend