logo
  • शनिबार, कार्तिक २२ २०८३

पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क ,चैत १ ,काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार दुई सय ३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा आठ सय ९१ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend