साझा नेटवर्क
महेन्द्र प्रसाद पोखरेल, कतार भदौ १०।
साउदी अरबमा सँजाए भोगीरहेका रामचन्द्रलाई बचाउने अभियान सँञ्चालनार्थ तदर्थ समिती गठन गरेर नेपाली रुपैयाँ पाँच लाख सहयोग राशी बटुेलेका काभ्रेलीहरुले कतारको राजधानी दोहामा एक परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा काभ्रेलीहरुको उल्लेख्य उपस्थीती रहेको थियो भने कार्यक्रमको सभापतित्व गरेका थिय गौरबराज अधिकारीले । कार्यक्रममा बोल्दै अधिकारीले प्रबासमा रहेर पनि काभ्रेलीहरु एक जुट भई अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए । प्रबासी काभ्रेली एक हौ, कतारमा काभ्रेली कोही कतै नछुटुन लेखीएको ब्यानर मुनी कार्यक्रम सँञ्चालन भएको थियो ।
आगामी महिना कार्यसमीती बिस्तार गर्ने योजना रहेको र उक्त कार्यसमीती गठन तथा बिस्तार कार्यक्रममा शहभागी हुन सबै काभ्रेलीहरुलाई अनुरोध गर्दै कार्यक्रम समापन भएको थियो। स्मरण रहोस काभ्रेलीहरुको सम्पर्क समिती दुबई तथा कोरिया लगाएतका देशहरुमा भने यस अघि देखी नै कृयासिल रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend