logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीको हुगामा चोरको बिगबिगी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,फागुन १९,चुरामणि तिमिल्सिना ,गुल्मी-गुल्मीको छत्रकोट

गाउँपालिका वडा न १ हुगा गुल्मीमा गएराति चोरहरुले सात घर फोरेका छन् ।

राति करिब १० बजे तोल्घामा नेत्र प्रसाद भण्डारीको घरबाट नगद १५ हजार भन्दा माथि, बिहान दुइ बजे तिर केशब सुबेदिको घरमा दराज फोरिएको, दान बहादुर पल्लिको पसल बाट महत्त्वपूर्ण कागजत तथा करिब ६ हजार भन्दा धेरै नगद ,इन्द्रकला बिकको निवासमा ४ ढोका फोरिनुका साथै चादि तथा बहुमुल्य सामाग्ी चोरि भएको बताइएको छ ।

यस्तै बिर बहादुर सुनारको निवासमा ढोका तथा दराज फोर्दा चोर भागेको बताइएको छ ।

गणेश प्रसाद भण्डारीको घरमा पनि रु १२ हजार भन्दा माथि चोरले लगेको भण्डारीले जानकारि दिनु भयो।

यस्तै गाउँ भरि चोरी बढ्न थाले पछी स्थानिय सुमित्रा सुबेदि छिमेकि राधिका न्यौपानेको घरमा सघि दिन जादा आफ्नै घरमा चोर पसेर नगद वृद्ध भता बुझेर राखेको रु १५ हजार लगेको बताउनु भयो ।

चोर गाउँ भरि पस्न थाले पछी स्थानियमा त्रास फैलिन्नुका साथै रात भरि जाग्राम बसेको बिष्णु प्रसाद सुबेदिले बताउनु भयो।

अहिले गुल्मी श्रीङ्गा बाट प्रहरी प्रसासनको टोलिले चोरको खोजि गरिरहेको बताइएको छ ।

गाउँमा हिजो देखि २ जना कपडा बेच्ने मान्छे पसेकोले स्थानियले उनिहरुलाइ संका लागेर प्रहरीलाइ जिम्मा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend