साझा नेटवर्क
-देवजल ठकुरी ।
नेपालको राजनीति यतिबेला ५ पाैष २०७७ भन्दा पहिलेकाे काेर्षमा प्रवेश गरेकाे छ । भलै पाैष ४ सम्म नेकपा एउटै मात्र थियाे । आज वैधानिक रूपमा दुई पार्टीको मान्यता नपाएको भएपनि व्यवहारमा उनीहरू छुट्टा-छुट्टै भेला र सम्मेलनहरू गर्न थालेका छन् ।

दुई तिहाइ नजिककाे शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिकाे सिफारिस संसद विघटन गरेपछि चाैतर्फि आलाेचनाकाे ताराे बने । सम्मानित सर्वोच्च अदालतले उनकाे कदम बदर गरिएको यस पृष्ठभूमिमा देशले नयाँ राजनीति काेर्षमा फड्को मारेकाे मात्र हाेईन कि नयाँ सरकारकाे दाबी गर्दै अविश्वासको प्रस्ताव पेश गर्ने तयारीमा नेकपा प्रचण्ड माधव लागेका देखिन्छन् ।
अझैसम्म कसकाे नेतृत्वमा सरकार बन्ला ? अनिश्चितकालीन काला बादलहरू मडारिरहेका छन् । प्रधानमन्त्रीकाे दाैडमा नेपाली काग्रेसका शेरबहादुर देउवा, जसपाका बाबुराम भट्टराई,स्वयम् केपी शर्मा ओलिसमेत देखिन्छन् तर अझैसम्म कसको पल्लावारी होला त्यो भने हेर्न बाँकी छ ।
नेपालकाे इतिहासमा प्रधानमन्त्री पदमा आसिन भएका व्यक्ति मध्ये अपवाद बाहेक राजी-खुशी पद त्याग गरेकाे ईतिहास बिरलै छ । स्वर्गीय गिरिजा प्रसाद काेइराला संविधान सभामा पराजित भएपनि पद छाेड्न आनाकानी गर्दै चार महिनासम्म राजिनामा दिएनन् ।
नेपाली काग्रेसकै निष्ठाका छवि बनाएका स्वर्गीय सुशील काेइराला प्रधानमन्त्रीकाे विश्वासको मत लिन नसकेपनि फेरि अर्काे पटक प्रधानमन्त्रीमा उमेदवारी बनेर सवर्त्र आलाेचनाका सिकार बने ।
रामचन्द्र पाैड्याल हार्ने प्रधानमन्त्रीकाे चुनावमा सत्र पटकसम्म उमेदवार बने भने प्रचण्ड ६ पटकसम्म उमेदवार बन्न तयार भए ।
स्वर्गीय सूर्य बहादुर थापालाई आफ्नै पार्टीको बहुमत सदस्यले कार्वाही गर्दा समेत प्रधानमन्त्री छाेडेन्न बरू पार्टी छाेडेर नयाँ पार्टी खोले ।
गिरिजाप्रसाद काेइरालाले सन्त नेता कृष्ण प्रसाद भट्टराई लाई देखाएर काग्रेसले बहुमत हासिल गरेपनि १३महिना नहुँदै जुता र छातासँगै धुरूधुरू रूवाउदैँ आफ्नाे निवास पठाएको तिताे यर्थाथ नेपाली राजनीति ताजै छ ।
अहिले पनि केपी शर्माले खुरूक्क राजिनामा दिलान र खाउला भनेर खुट्टा उचालेका भावी प्रधानमन्त्रीकाे लागि त्यति सजिलो जस्ताे लाग्दैन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend