साझा नेटवर्क
साझा नेटवर्क, कतार फागुन १४ ।
गत शुक्रवार १९ फेव्रुअरीका दिन जुम भिडियो मार्फत जागौं नेपाल राष्ट्रिय अभियान कतार शाखा समितिले यहाँ कृयासिल संघ-संस्था बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल उद्द्योग बाणिज्य संघ नेपालका पुर्व अध्यक्ष, ट्रान्स्परेन्सी इन्टर्नेसनलका उपाध्यक्ष, सफल व्यवसायी तथा जागौं नेपाल राष्ट्रिय अभियान नेपालका संरक्षक आनन्दराज मुल्मीको प्रमुख आतिथ्य, जागौं नेपाल राष्ट्रिय अभियान नेपालको केन्द्रिय संयोजक दिपक आचार्य, सह-संयोजक शिव वस्ताकोटी, प्रवास संयोजक सन्तोष तिमील्सिनाको विशेश आतिथ्य र विशेश संवोधन रहेको उक्त कार्यक्रमको सभापतित्व जागौं नेपाल राष्ट्रिय अभियान कतार शाखा समिती संयोजक मन प्रसाद रानामगरले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा २३ भन्दा वढी देशहरुमा संपर्क बढीरहेता पनि शाखा समिती गठन भईसकेका साइप्रस, मलेसिया, युएइ, साउदी अरब, ओमन, कुवेत, युरोप लगायतका राष्ट्रहरुबाट संयोजक तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

केही महिना अगाडि मात्र शाखा समिती गठन गरिएको कतार समितिले यहाँ स्थापित विभिन्न सामाजिक, वैचारिक, जातिय लगायतका संघ संस्थाहरुहरु र सिंगो नेपाली समुदाय संग भावी दिनहरुमा हातेमालो गर्दै आफ्ना सामाजिक गतिविधीहरु गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।
प्रमुख अतिथि तथा अभियानका संरक्षक मुल्मिले अभियानको वारेमा प्रकाश पार्दै जती सरकार फेरिए पनि नेपाली जनजीवन अपेक्षित रुपमा परिवर्तन हुन नसकेको, देशमा शुशासन अझै कायम नभएको, राजनीतिग्य तथा राष्ट्रका धेरै अंगहरुमा जवाफदेहिता र पारदर्शिता कम भएको, जनस्तरमा सुचनाको पहुंच न्युन भएको इत्यादी कारणले समाज र राष्ट्रलाई संम्रिध्द बनाउन प्रत्येक नागरिकले सुचनाको हकलाई प्रयोग गर्दै समाजमा भए गरेका अन्याय, हिंसा र भ्रस्टाचार विरुध्द एकबध्द भएर लाग्नको लागि अभियानको जन्म भएको वताउनुभयो ।
त्यसैगरी प्रवासमा रगत पसिना गरेर आर्जन गरेका सम्पत्ती र सिपलाई स्वदेश मै परिचालन गर्नको लागि पनि स्वदेश तथा विदेशमा बस्ने सवै सचेत नागरिकले सरकारलाई झकझाउन आवश्यक रहेको वताउनु भयो । औपचारिक कार्यक्रम पछी पनि अभियान्ताहरु संग छलफल गर्दै उहा आँफै व्यवसायिक क्षेत्रमा सफल र अनुभवी व्यक्ती भएकोले आवश्यक परेको समयमा सहयोग गर्न सक्ने र अभियान मार्फत नेपाली जनताको लागि काम गरिरहेको कुरा शेयर गर्नुभएको थियो ।
अन्याय, कुरिती, हिंसा र भ्रस्टाचार विरुध्दको अभियानलाई नेत्रित्व गरिरहेका श्री दिपक आचार्यले आफ्नो मन्तव्यको क्रममा अभियान वारे थप जानकारी दिंदै सुचनाको हकलाई प्रयोग गर्दा मात्र पनि जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिने, सम्वन्धित ठाउमा आवाज उठाउन सकिने द्रिस्टान्त दिनु भएको थियो ।
सांच्चिकै राष्ट्रलाई संम्रिध्द बनाउने हो भने आजको दिनमा प्रत्येक नागरिक सुचना लिने र दिने ठाउमा सुचित हुन जरुरी रहेको साथै इमानदार र जवाफदेही हुन जरुरी रहेको जोड दिदै हरेक ठाउँबाट कुनै रंग, जात, धर्म, राजनीति, नातावाद, कृपावाद बाट टाढा रहेर समाजको लागि योगदान दिनुपर्ने आवश्यकतालाई औंल्याउदै कुनै पनि संघ संस्था वा विचारमा कटिवध्द रहेता पनि समाजको लागि आवाज उठाउन र यस् अभियानमा जोडीन सक्ने वताउनु भयो ।
त्यसैगरी अभियानका सह-संयोजक शिव वस्ताकोटीले पनि समाज परिवर्तनको लागि अभियान अपरिहार्य रहेको जनाउदै अव हुने चुनावमा जागौं नेपाल अभियान कर्ताहरुले चुनावमा उठ्ने जुनसुकै पार्टीका उमेदवारहरुको पहिले नै सम्पत्ती सार्वजनिक गरिनुपर्ने र त्यसको प्रचार गरी जनता समक्ष पुर्याउनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
जागौं नेपाल राष्ट्रिय अभियानलाई प्रवासमा पनि सविस्तार गर्ने जिम्मेवारि पाएका प्रवास समिती संयोजक श्री सन्तोष तिमील्सिनाले मन्तव्यको क्रममा २३ भन्दा वढी मुलुकहरुमा संपर्क भईसकेको र एसिया हुंदै मध्यपुर्व र युरोपमा शाखा समिती गठन भईसकेको र अझै विभिन्न मुलुकहरुमा गठन हुने क्रम जारी रहेको वताउनु भयो ।
कतारमा स्थापित जिल्ला/सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै मोना कतारका अध्यक्ष श्री तिलु शर्मा पौडेलले आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथिले अभियान र नेपाली समाजको वारेमा व्यक्त गरिएका बिषयले मन्त्रमुग्ध भएको वताउदै शुभकामना व्यक्त गर्नुभएको थियो ।
विबेकशिल साझाका प्रतिनिधि गणेश कार्कीले जागौं नेपाल राष्ट्रिय अभियान नेपालको उद्देश्यहरु विवेकशिल साझा पार्टिको जस्तै रहेकोले राजनीतिक मुलधारमा समाहित हुन अपिल गर्दै समसामयिक बिषयमा आफ्नो मन्तव्य राख्नु भएको थियो । त्यसै गरी नेपाली जनसंपर्क समिती कतारका महामन्त्री अजिज अलीले अभियानकर्ताहरुलाई शुभकामना दिंदै नेपाल र नेपालीहरुको निम्ती उठेका आवाजहरुमा नेपाली कांग्रेसले सदैव साथ दिने र सहकार्य गर्ने वताउनु भयो ।
कार्यक्रमको अन्त्यमा, जागौं नेपाल राष्ट्रिय अभियान कतार शाखा समिती संयोजक तथा कार्यक्रम सभापति मन प्रसाद रानामगरले विविध व्यस्तता र समय फरकका वावजुत पनि कार्यक्रममा सहभागि भएर आतिथ्य ग्रहण गरी अंमुल्य साल्लाह सुझाव, सुचना र ज्ञानवर्दक विचारहरु राखिदिनुहुने उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै समाज परिवर्तन गर्न व्यक्ती नै पहिले सकरात्मक रुपमा परिवर्तन हुनुपर्ने र व्यवहारत: प्रस्तुत हूनुपर्ने जोड दिनुभयो ।
शरीर विस्वको जुनसुकै कुनामा रहेतापनि हरपल हरक्षण अधिकांश नेपालीहरुको मन आफ्नै जन्मभुमी प्रती रहने हुंदा र यो अभियान मार्फत ति भावनाहरुलाई समेट्दै अन्याय, हिंसा, भ्रस्टाचार जस्ता समाजलाई खोक्रो वनाउने तत्वहरुलाई निरुत्साहित वनाउन र प्रत्येक नेपाली नागरिकलाई सचेत वनाउन संसारको जुनसुकै ठाउबाट आवाज वुलन्द पार्न एकवध्द हुनपर्ने आवश्यकतालाई महसुस गर्दै यहाँ रहेका संघ संस्था र नेपाली समुदायसंग हातेमालो गर्ने उद्देश्यका साथ कतारमा पनि शाखा समिती स्थापना गरिएको र संस्थागत परिचयका साथ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वताउनु भयो ।
त्यस्तैगरी कार्यक्रम सफल वनाउन विशेश भूमिका खेल्नुहुने प्रवास संयोजक सन्तोष तिमील्सिना, विध्युतिय माध्यम व्यवस्थापन गर्नुहुने सचिव रामजी खत्री, कार्यक्रममा सहभागिहरुको उपस्थिती टिपोट गर्नुहुने कोशाध्यक्ष सागर पौडेल, वक्ताहरुको महत्वपूर्ण शव्दहरुलाई टिपोट गर्नुहुने सह- संयोजक चिन्तामणी पौडेल तथा सिंगो पदाधिकारी सहित कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
उपस्थित माझ उत्साहजनक रहेको कार्यक्रम जागौ नेपाल राष्ट्रिय अभियान कतार शाखा समितिका सचिव रामजी खत्रीले सन्चालन गर्नु भएको थियो भने समितिका सह-संयोजक डिल्लिराम भट्टराईले स्वागत मन्तव्य सहित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend