logo
  • शनिबार, भाद्र २० २०८३

भुर्तुङ्ग सम्पर्क समिति (भारत) को तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा देबेन्द्र केसी चयन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रजिष्मा केसी /नयाँ दिल्ली
भारतमा कार्यरत भुर्तुङ्गेली हरुको छाता सङ्गठन गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति (भारत) को तेश्रो अधिवेशन तथा घोषणा सभाको कार्यक्रम सम्पन्न भएको छ।यहि फरवरी २१ का दिन एमजी रोड गुरुग्राम मा रहेको  द प्लाजा मल मा  सञ्चालित एसियन हट किचन मा सम्पन्न अधिवेशन ले पत्रकार तथा समाजसेवी देबेन्द्र केसी को अध्यक्षता मा नयाँ कार्यसमिति चयन गरेको छ।कार्यक्रम मा ईन्द्रकमल जैरु, ललित जिसी, बाबु रोका मगर,गोपाल भारद्वज, पुष्पा भारद्वज लगाएत का अतिथिहरु ले बोल्दै प्रवासमा रहेका भुर्तुङ्गेली नागरिकहरुलाई सु-सुचित गर्ने र ऐक्यबद्ध गर्ने दिशामा समिति लागिपरेको भन्दै प्रसंसा सहित ‘नयाँ कार्यसमिति ‘लाई सुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यक्रम मा बालकलाकार श्रृष्टी अधिकारी, निर्मला पुन र आरुषी जिसी ले आफ्नो नृत्यप्रस्तुति मार्फत उपस्थित जनमानस को मन जितेका थिए।गायक राम गहतराज नबोदित गायिकाअस्मिता बिसी र नबोदित गायक भजन सागर ले साङ्गगितिक प्रस्तुति दिएको कार्यक्रम को प्रायोजन बुद्ध एडवेन्चर टुर एण्ड ट्रावल्स मायापुरी र स्व तिल बहादुर शाह को स्मृतिमा उहाँका सुपुत्र प्रकाश शाहले गर्नुभएको थियो।
बिहान १२ बजे देखि सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो।उपस्थित भुर्तुङ्गेलीहरु ले सर्वसम्मत रुपमा देबेन्द्र केसी अध्यक्ष तथा मिडिया संयोजक र संस्थापक तथा संरक्षक टिका बहादुर कार्की रहेको कार्यसमिति चयन गरेको छ जस्को उपाध्यक्ष मा डोलराज गौतम र कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ।महासचिव मुकुन्द पौडेल, सचिव मोहराज भट्टराई र सहसचिव टिका कणेंल रहेको नयाँ कार्यसमितिमा कोषाध्यक्ष गोपी पौडेल र सहकोषाध्यक्ष मा प्रदिप खत्री सर्वसम्मत चुनिनुभएको छ।
बिभागिय सचिव तर्फ मा रजिष्ट्रार सचिव दिपक कार्की, सङ्गठन तथा बिदेश सचिव जिवन पौडेल, महिला सचिव उमा बिक, समन्वय समिति सचिव हेमन्त सुबेदी, स्वास्थ्य तथा खेल सचिव प्रकास शाह, अल्पसङ्ख्यक मामिला सचिव किशन खड्का र ब्यवस्थापन सचिवमा बिक्रम कार्की सर्वसम्मत चुनिएका छन।
त्यस्तै सदस्यहरुमा शेर बहादुर कार्की, रेशम परियार, जनक पौडेल र पुरन शाह सर्वसम्मत चुनिएका छन।समितिले केहि अपर्झट निर्णय गर्नुपरेमा र कार्यसमिति उपस्थित हुन नसकेको खण्डमा काम गर्ने गरि पाँच सदस्यिय कोरकमिटी पनि सर्वसम्मत बनाएको छ जस्को अध्यक्ष मा देबेन्द्र केसी, उपाध्यक्ष मा दिपक पौडेल, सचिव मा राजकुमार पौडेल, कोषाध्यक्ष मा सिता सुबेदी र सदस्यमा शशी गिरी रहेका छन।कार्यक्रम मा निबर्तमान अध्यक्ष टिका बहादुर कार्की लाई ‘उच्च सम्मान ‘सहितको मोेमेन्टो र दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने बालकलाकार हरु लाई प्रमाण पत्र र गायक, गायिकाहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो।दिवा भोज सहित को कार्यक्रम लाई पत्रकार देबेन्द्र केसी ले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता टिका बहादुर कार्की ले गर्नुभएको थियो।
भजन समुह पनि गठन 
समिति कै देखरेख र संरक्षण मा रहनेगरि राज कुमार पौडेल को संयोजकत्वमा ‘शिद्ध कालिका संस्कृतन मंण्डल’ पनि गठन गरिएको छ।नयाँ दिल्ली, एनसिआरमा नेपाली मौलिक लोक भजनको अभावलाई मध्यनजर गर्दै नेपाली संस्कृति को जगेर्ना गर्नेगरि सो भजन मण्डल गठन गरिएको संयोजक पौडेल ले बताउनुभयो।भजन मण्डलमा मुकुन्द पौडेल, जिवन पौडेल, मोहराज भट्टराई, गोपीराम पौडेल, प्रदिप खत्री,हेमन्त सुबेदी लगाएत का सदस्य हरु रहेका छन।कार्यक्रम पछि प्रतिकृया दिदै नवनियुक्त अध्यक्ष केसी ले ‘भुर्तुङ्गेली नागरिक हरुको हरेक सुख र दुखमा साथ दिने, भुर्तुङ्गमा भएका बिकास, निर्माण मा सघाउ पुर्याउने र वडामा देखिएका अनियमितता बारे ससक्त भएर लडने ‘प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend