logo
  • शनिबार, कार्तिक २२ २०८३

सैनिकमञ्‍च टुँडिखेलमा प्रजातन्त्र दिवसको अबसरमा विशेष समारोह


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, फागुन ७,काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले फागुन ७ गते औपचारिक  समारोहका साथ दिवस मनाउँदै आएको छ ।
दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनुका साथै सो अवसरमा नेपाली सेनाको हेलिकोप्टर बाट राष्ट्रिय प्रजातन्त्र दिवस अङ्कित ब्यानर प्रदर्शन, पुष्प वृष्टि गरिएको थियो ।
समारोहमा बेलुन र परेवा समेत उडाइएको थियो ।
त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरू प्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।
समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,
नेपाल स्काउट लगायतका सङ्घ संस्था बाट मार्चपास गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्द बहादुर पुन ,प्रधानमन्‍त्री केपी शर्मा ओली सहित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीतिक  नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहेकोथियो ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरू लाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरण पछि बनेको कांग्रेसका संस्थापक
नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
जहाँनियाँ राणा शासन विरुद्ध जनताले आन्दोलन गरी रगत बगाए पछि राणा शासक जनता समक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
यस अवसरमा राज्यभर र विदेश स्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत कार्यक्रम आयोजना गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend