logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी युनाइटेडको पचास हजार राशिको क्रीकेट खेल प्रतियोगिता सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सबिन बस्नेत, गुल्मी फाल्गुन ४ ।
गुल्मी युनाइटेड युवा क्लव रेसुङ्गा नगरपालिका २ को आयोजनामा तम्घास चिदिचौरमा भइरहेको खुल्ला क्रीकेट प्रतियोगिता २०७७ मा चौध टिम सहभागि रहेका छन ।

यस खेलमा सदरमुकाम सहित गुल्मी जिल्लाका रुपाकोट,हस्तिचौर,धुर्कोट बाहेक अर्घाखाँची जिल्लाबाट समेत टिम सहभागी रहेको जानकारी क्लवका अध्यक्ष डोल बहादुर कुवंरले दिएका छन ।

नक आउट सिस्टममा सोह्र ओभरमा खेलिएको खेलमा अहिलेसम्म पाँच टिम बाहिरि सकेका छन ।आज भएको फोर्टिन स्टार ए र गुल्मी युनाइटेड युवा क्लब ए बीचको खेलमा फोर्टिन स्टारको १२७ को लक्ष्यमा गुल्मी युनाइटेडले ११३ रन बनाएर अल आउट भएको छ ।

पचास हजार पुरस्कर राशी रहेको यस प्रतियोगितामा म्यान अफ दि म्याच फोर्टिन स्टार क्लवबाट राजेश राना भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend