logo
  • शनिबार, कार्तिक २२ २०८३

भागरथी  हत्याका अभियुक्त दिनेश सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क फागुन ५,। बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त लाई प्रहरीले सार्वजनिक गरेको छ ।
अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।
घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइ लगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि भएको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार
सम्मेलनमा जानकारी दिनुभयो ।
गत माघ २१ गते (बुधवार) विद्यालय बाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको बलात्कार पछि हत्या भएको थियो ।

अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिइन् ।

भट्ट विरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend